स्वास्थ्य

बुटवलको होटलमा बसेका ३ जनामा कोरोना

साउन १२, 2077    बुटवल पोस्ट

बुटवल साउन १२ । बुटवलको मध्य सहरमै रहेको एक होटलमा बसेका ३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

बुटवलको पुरानो बसपार्क स्थीत पुर्वान्चल होटलमा ७ गते देखि बस्दै आएका उनीहरुको पिसिआर परिक्षणमा कोरोना देखिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

बुटवलउपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहका अनुसार बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना भण्डारमा काम गर्ने उनीहरु भारतबाट आएर उक्त होटलमा बसेका थिए । उनीहरु तीनै जना भारतीय नागरिक हुन 

पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागोकारखाना रामनगरमा रहेको आईसोलेसन अस्पतालमा राखिएको सिंहले जानकारी दिए ।

अहिले पुरानो बसपार्कमा रहेको पुर्वाञ्चल होटललाई शिल गरेर त्यहा कार्यरत ४ जना कामदारहरुलाई समेत क्वारेन्टाईनमा राख्ने तयारी भई रहेको सिहंले बताए ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top