समाज

देवदहमा फ्रुट गार्डेन निर्माणका लागि वृक्षारोपण

साउन 10, 2077    सुरज भट्टराई


देवदह, साउन १० । रुपन्देहीको देवदहमा “फ्रुट गाडेन“ निर्माण गर्ने उद्देश्य सहित लियो क्लब अफ लर्ड बुद्धले शनिबार फलफुलका विरुवा रोपण गरेको छ । लायन्स क्लब अफ बुटवल खसौली, लियो क्लब अफ बुटवल खसौली, लियो क्लब अफ बुटवल खसौली युथ र लियो क्लब अफ सैनामैनाको संयुक्त सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । खालि रहेको वनको जग्गामा फलफुलका विरुवा लगाएर लियो क्लब अफ लर्ड बुद्धले  फ्रुट गार्डेन निर्माण गरेको हो । 

क्लबको वर्ष २०२०÷२१ कार्यकालको आफ्नो पहिलो कार्यक्रम अन्तरगत देवदह नगरपालिका वडा नं ४ स्थित सृष्टि सामुदायिक वन परिसरमा रहेको बाँजो जग्गालाई सदुपयोग गरि विभिन्न जातका फलफुलका बिरुवा वृक्षारोपण गरेको हो । कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख बिद्यालक्ष्मी गुरुङले आपको विरूवा वृक्षारोपण गरी कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएकी गुरुङले वृक्षारोपण गरिसकेपछि त्यसको संरक्षणमा पनि जुट्न क्लबलाई आग्रह गर्नु भएको थियो । वहाँले कोरोना भाईरस संक्रमणको कारण उत्पन्न समस्याको घडिमा सामाजिक संघसंस्थाहरुको योगदान जरुरी रहेको समेत बताउनुभएको थियो । 

वृक्षारोपणबाट फ्रुट गार्डेन पार्कको विकास गरेर पर्यटकीय गन्तव्य निर्माण हर्ने उद्देश्य सहित यो कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष लियो सन्दिप तिवारीले जानकारी दिनुभयो । पार्कमा आँप, अम्वा, कटहर, अमला, आदिको बिरुवा लगाइएको क्लवका अध्यक्ष तिवारीले बताउनुभएको थियो ।

कार्यक्रममा लायन बिनित भट्टराई, लियो सरोज कडेल, लायन पप्पु गुप्ता, सृष्टि सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष भवानी शंकर पाण्डे, लायन बाबुराम बोहोरा, लियो दिपेश मल्ल, लियो बिजेन्द्र मान शाक्य, लियो गोपाल पाण्डे लगाएतले विरुवाको संरक्षण र सम्वर्धनको जिम्मा सम्पूर्ण देवदहवासी, सामुदायिक वन उपभोक्ता समूह, टोल विकास संस्थाहरू, आमा समुह, युवा क्लब र समुदायमा रहेका नागरिकको रहेको हुँदा संरक्षण गर्न सबैलाई अनुरोध गरेका थिए ।

लियो क्लब अफ लर्ड बुद्धको अध्यक्ष लियो सन्दीप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ बुटवल खसौलीका अध्यक्ष लायन राजु पौडेलको स्वागत र सञ्चालन क्लबका सचिव अनुष्का घिमिरेले गर्नु भएको थियो । 


 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top