राजनीति

नेकपा बुटवलद्धारा पुष्पलालको सम्झनामा स्मृति कार्यक्रम सम्पन्न 

साउन ८, 2077    बुटवल पोस्ट

बुटवल, साउन ७ । नेकपा बुटवलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औं स्मृति दिवसका अवसरमा बुटवलमा स्मृति कार्यक्रम सम्पन्न गरेको छ । 

पुष्पलाल स्मृति दिवसको अवसर पारेर बुटवलको सुख्खानगरमा रहेको पुष्पलाल स्मृति भवन अगाडीको शालिकमा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीको प्रमुख आतिथ्यतामा माल्यार्पण गरी पुष्पलालको सम्झना गरिएको थियो । 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज एकराज बिश्वकर्मा, केन्द्रीय सलाल्हकार नेत्र पन्थी, देवेन्द्र घिमिरे, जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदी, प्रदेश सचिवालय सदस्य गोमादेवी आचार्य, सावित्रा अर्याल, जिल्ला कमिटी सचिव नारायण जि.सी., प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगर कमिटी इन्चार्ज नन्दिकेशर ढकाल, सहइन्चार्ज रिज्जु श्रेष्ठ लगायतका विभिन्न तहका नेताहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संयन्वय बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले गर्नुभएको थियो । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top