समाज

रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको ५औं अध्यक्षको रुपमा रमेश ढकाल निर्वाचित

असार २३, 2077    बुटवल पोस्ट

बुटवल, असार २३ । रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसले बर्ष २०२०/२१ को लागि रमेश ढकाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । क्लबको बैठकले ५औं अध्यक्षको रुपमा ढकाललाई आगामी बर्षका लागि अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।

क्लवको निर्वतमान अध्यक्षमा दिपक चापागाईको अध्यक्षतामा बसको बैठकले नोमिनी अध्यक्षमा बिजय कार्की चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा क्रमश : विष्णु घिमिरे, निरज आचार्य, सुवास भण्डारी, अनुष्का गौतम र मदन अर्याललाई सर्वसम्मत चयन गरेको छ ।
क्लवको सचिवमा योगेन्द्र रायमाझी र कोषाध्यक्षमा प्रकास पौडेललाई चयन गरेको छ भने पृथ्वीराज नेपाललाई सहसचिव र पुरन गौतमलाई सहकोषाध्यक्षमा चयन गरेको छ ।  त्यस्तै सदस्यहरुमा प्रविन नेपाल, लक्ष्मी अधिकारी, विराज चालिसे, सावित्रा टण्डन, योगेन्द्र केसी., सन्तोष आचार्य, बिनोद बस्याल, रामकाजी पौडेल, मोहन पौडेल, पारस मरासिनी, रेशम ढकाललाई मनोनयन गरिएको नवनिर्वाचत अध्यक्ष ढकालले बताउनु भएको छ । 

अध्यक्ष ढकालले कोभिड–१९ को महामारीलाई रोकथाम तथा नियन्त्रणका लागि आफुले गर्नसक्ने सामाजिक कार्यमा निरन्तर हातेमालो गरि अगाडी बढ्नको निम्ती सबै सदस्यहरुलाई आग्रह गर्नुभएको थियो । 

क्लबको सल्लाहकारमा राजेन्द्र ढकाल, पंकज ज्ञवाली, सरोज पोखरेल, वालकृष्ण पाण्डे, साजन भण्डारीलाई मनोनयन गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top