राजनीति

संविधान संशोधन सर्वसम्मत पारित भएको खुशीयालीमा बुटवलमा प्रदर्शन

जेठ ३१, 2077    बुटवल पोस्ट

बुटवल, जेठ ३१। नेपालको निशान छापमा नेपालको नयाँ नक्सा प्रयोग गर्ने संविधान संशोधन विधेयक प्रतिनिधिसभामा सर्वसम्मत पारित भएपछि बुटवलमा पनि खुशियाली मनाइएको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ ।

बुटवलमा आयोजित खुशीयाली सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य दधिराम न्यौपाने र रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा वहाँहरुले अब नयाँ नक्सालाई आधार बनाएर सरकारले भारतसँग छिटो वार्ता गर्नुपर्ने बताउनुभएको थियो । भारतले नेपालको अतिक्रमित जमिनबाट तत्काल आफ्ना सेना हटाउन पनि वहाँहरुले माग गर्नुभएको थियो । राष्ट्रिय एकताको पहल गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको प्रशंशा गर्नुभएको थियो । 
ऐतिहासिक खुशियालीको दिनको रुपमा बुटवल, देवदह, सैनामैना, तिलोत्तमा, काठमाडौंको माइतीघर मण्डला, पोखरा, नेपालगन्ज लगायत देशका विभिन्न ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका छन् ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top