राजनीति

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

जेठ ३१, 2077    बुटवल पोस्ट

काठमाडौं, जेठ ३१ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा प्रतिबिम्बित गर्नेगरी संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । आजको संसदको बैठकमामा कुल २५८ सदस्य उपस्थित रहनु भएको भएको र त्यसमध्ये  २५८ सदस्यले संशोधनको पक्षमा मतदान गर्नुभएको छ सभामुख अग्नि सापकोटाले बताउनुभयो । विपक्षमा कसैले पनि मतदान गरेन । 

यो सँगै नेपालको राष्ट्रियताको विषयमा सबै नेपाली एक छन् भन्ने अभूतपूर्व ऐतिहासिक एकता प्रर्दशन गर्न नेपालीहरु सफल भएका छन् ।
यस अघि संविधान संसोधनको विधेयक माथि भएको छलफलमा बोल्ने सबै सांसदहरुले देशको भूमि फिर्ता गर्ने विषयमा प्रधामन्त्री केपी शर्मा ओलीलाइ सबैको साथ रहको बताउनु भएको थियो ।

छलफलमा बोल्दै राजतन्त्रले नेपालको भूमि गुमायो र गणतन्त्रले जिम्मेवारी लिन सफल हुने अध्यक्ष दाहालले बताउनुभएको थियो त्यस्तै प्रमुख प्रतिपक्षदलका नेता शेरबहादुर देउवाले नेपालीहरु राष्ट्रिय एकताका लागि जहाँ रहे पनि एक हुन्छन् भन्ने देखाएको बताउनुभएको थियो । जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादबले प्रतिनिधिसभामा प्रस्तुत प्रस्ताबमा आफ्नो पार्टी सर्वसम्मत भएर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले राष्ट्रियताको सबालमा आफ्नो पार्टी एकढिक्का हुने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं सांसद विष्णु पौडेलले नक्सा परिमार्जन मात्र होइन भारतले अतिक्रमण गरेको जग्गा कुनैपनि हालतमा फिर्ता गरिछाडने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले सिंगो राष्टको एकताको बलमा भुमि फिर्ता हुने बताउनुभयो ।

नेपाल कहिलै पनि पराधिन रहेन । कुनै कालखण्डमा हाम्रो भूमि अतिक्रमित हुनपुग्यो, त्यो अहिले हामी अहिले फिर्ता ल्याउन खोजिरहेका छौं ।’ लिपुलेकको भुभाग नेपालको रहेका कारण आफनो देश फिर्ता ल्याउने सवालमा कतिपयले भारत रिसाउँछ की भन्ने जस्ता आवाजहरु उठाउने गरेको स्मरण गदै उहाँले भन्नुभयो,यो प्रस्ताव छिमेकीको दिल दुख्छ की भनेर होइन, उनिहरुसँगको सम्बन्ध बिगारन होइन आफनो अतिक्रमित भूभाग फिर्ताको निर्णय कसै बिरुद्ध नभएको स्पष्ट पार्नुभयो । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top