समाज

जनजागरण युवा क्लबको अध्यक्षमा चापागाईं निर्वाचित

जेठ ३१, 2077    बुटवल पोस्ट

देवदह, जेठ ३१ । श्री जनजागरण युवा क्लबको आफ्नो २३ औं साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा अजय चापागाई सर्वसम्मतीले निर्वाचित हुनुभएको छ । क्लबको आज  बसेको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।

साधारणसभा तथा अधिवेशनबाट क्लवको उपाध्यक्षमा गोपाल पाण्डे, सचिवमा अशोक पाण्डे, कोषाध्यक्षमा बलराम पाण्डे, सदस्य सचिवमा हिमलाल सापकोटा निर्बिरोध चयन हुनुभएको छ ।  त्यस्तै सदस्यहरुमा क्रमशः कमल पाण्डे, दिनेश गैरे, विष्णु भट्टराई, अनुराधा रेग्मी, कबिता न्यौपाने र महिन्द्र थापा  निर्विरोध चयन हुनुभएको छ । 

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले दिपक चापागाई, बिरेन्द्र पाण्डे, प्रेमनारायण पराजुली, चक्रपाणि तिवारी र नारायण लुइँटेललाई क्लवको सल्लाहकारमा नियुक्ति गरेको नवनिर्वाचित अध्यक्ष अजय चापागाईले बताउनुभएको थियो । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top