समाज

क्रियटिभ युथ क्लवलाई सामाजिक कार्यमा खटिन नगर प्रमुखको आग्रह 

जेठ ३१, 2077    बुटवल पोस्ट

बुटवल । रुपन्देहीमा क्रियशिल क्रियटिभ युथ क्लव रुपन्देहीको नयाँ वर्ष २०७७ को अवसरमा प्रकाशन गरेको भित्ते पात्रो बिमोचन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सामाजिक रुपान्तरणका लागि शिर्जनशिल काम गर्न आग्रह गर्नुभएको थियो । 

उपमहानगर प्रमुख सुवेदीले सामाजिक संघसंस्थाहरुले सामाजिक कामको अगुवाई गरी समृद्ध नेपाल निर्माण गर्ने अभियानलाई सफल बनाउन आग्रह गर्नुभएको थियो । 

क्यालेन्डर बिमोचन क्लवका अध्यक्ष बालकृष्ण पाण्डेको अध्यक्षतामा तथा शेषकान्त पोखरेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष बसन्त ढकाल, युवा विद्यार्थी नेता तथा अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज पोखरेल लगायतको उपस्थितिमा सम्पन्न भएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लकडाउन भएको कारण नगरप्रमुखको कार्यकक्षमा प्रतिनिधिमुलक कार्यक्रम गरिएको थियो । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top