राजनीति

देवदह र पश्चिम रुकुममा भएका छुट्टाछुट्टै घटनाप्रति नेकपा रुपन्देहीको ध्यानाकर्षण 

जेठ २३, 2077    बुटवल पोस्ट

बुटवल, जेठ २३ । केही दिन अगाडी रुपन्देहीको देवदह नगरपालिका वडा नं.–११ र रूकुम पश्चिमको चौरजहारीमा घटेका छुट्टाछुट्टै घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले गम्भिर ध्यानाकर्षण गराएको छ । नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी र सचिव नारायणबहादुर जि.सी. (निर्मल) को संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्ति मार्फत दुवै घटनाप्रति विभत्स र अपराधिक कुकृत्यको घोर निन्दा र भत्र्सना गरिएको छ । 

विज्ञप्तिमा नेपाली जनताको बलिदानी संघर्षको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई नेपाली जनताका प्रतिनिधिहरुद्धारा जारी संविधानले मुलुकमा जातीय विभेद र छुवाछुत लगायत सबै विभेदहरुलाई अन्त्य गर्दै समानता र अविभेदको संवैधानिक प्रत्याभुति गरेको जातीयताका नाममा यस्ता घटना हुनु गम्भिर चिन्ताको विषय भएको बताइएको छ । 

विज्ञप्ति मार्फत मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछ र घाइतेहरुको स्वास्थ्यलाभको कामना, शोक सन्तप्त परिवारजनमा समवेदना तथा दुवै घटनाको निस्पक्ष छानविन गर्न, अपराधीलाई कडा भन्दा कडा कारवाही गर्न र पीडितहरुलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गरिएको छ । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top