स्वास्थ्य

थप २८८ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुग्यो

जेठ २०, 2077    बुटवल पोस्ट

काठमाडौं / नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top