राजनीति

हामीले त विर्सिउँला तर जनताले विर्सने छैनन – खिमलाल भट्टराई

जेठ १९, 2077    बुटवल पोस्ट

काठमाडौं, जेठ १९ । राष्ट्रियसभाका सदस्य तथा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले सदनमा सम्बोधनका क्रममा बायाँ बेन्चमा बसेर गरिव नदेख्न आग्रह गर्दै माननीयले विर्सिदिउँला तर जनताले कहिले नविर्सने बताउनुभएको छ । 

आर्थिक वर्ष २०७७/०७८ को बजेटका विषयमा बोल्दै नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका राष्ट्रियसभा सदस्य भट्टराईले कसले यो देशलाई नवउदारवादको चक्रब्यहमा धकेलेको हो ? कसले निजीकरणको नाङ्गो नाँच देशमा हुलेको हो ?  देशमा गरिवीको खाडल झन पछि झन कसले बनाएको हो भनेर हामीले त विर्सिदिउला तर आम जनताले विर्सन नसक्ने बताउनुभएको थियो । 

युवा नेता भट्टराईले बजेटलाई गरिवमारा देख्नु दुखद भएको भन्दै बजेटको राम्रोपक्ष छर्लङ्ग देख्नलाई आँखामा बाँधिएको पट्टी खोल्न आग्रह गर्नुभएको थियो । 

सत्तापक्षका प्रमुख सचेतक भट्टराईले देशमा ८ लाख श्रमिकलाई रोजगारी सिर्जना गर्ने बजेटले योजना प्रस्तुत गरेको छ यो गरिव मारा हो त ? विदेशमा अलपत्र परेका नागरिकलाई नेपाल फर्काउने योजना प्रस्तुत गरेको छ । घातक रोग लागेका गरिव विपन्न विरामीको निशुल्क औषधी उपचारको प्रवन्ध गरेको छ, घरवास बिहिनलाई घर बनाईदिने कार्यक्रम ल्याएको छ, भूमिहिनलाई भूमि उपलब्ध गराउने योजना आएको छ । सुकुम्वासीलाई लालपुर्जा दिने, सबै नेपाली नागरिकको स्वास्थ्य विमा गर्ने योजना प्रस्तुत गरेको आगामी बजेट निश्चित रुपमा गरिव मारा हुन सक्दैन – वहाँको भनाई थियो । 
 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top