राजनीति

भारतीय चेलीको दादागिरी संसदभित्र चल्न थाल्यो– गंगा चौधरी

जेठ १९, 2077    बुटवल पोस्ट

काठमाडौं, जेठ १९ । चालु संसद बैठकमा प्रतिनिधिसभा सदस्य गंगा चौधरी सतगौवाले संसदभित्र भारतीय चेलीहरुको दादागिरी चल्न थालेको बताउनुभएको छ । वहाँले बैठकको शुन्य समयमा बोल्दै ‘नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन, भन्दाभन्दै भारतीय चेलीहरुको पनि सांसदभित्र दादागिरी चल्न थाल्यो’– भन्नुभएको थियो ।  वहाँले ‘भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे, आफ्नो जमिन मेरो हो भन्नका लागि पनि भुमि मिचाहासँग सोध्नुपर्ने ? यो विडम्बना’ – भनेर प्रश्न गर्नुभएको थियो । 

सम्बोधनका क्रममा ‘देशका प्रधानमन्त्री सपना र योजना फ्याक्छन अनि र का एजेन्डहरु १५ दिनसम्म घाइते हुन्छन । अनि त्यो समनाको विरुद्धमा सम्पूर्ण शक्तिहरु लगाएर बुरुक्क बुरुक्क उफ्रिन थाल्छन ।’ – भन्नुभएको थियो । राष्ट्रियताको सवालमा अव बोलाई र गराई समानता कायम गर्न धेरै मै हु भन्नेहरुलाई पनि देखिएको हुँदा मन र विचार अशुद्ध हुनेको मन्तब्य अन्तरवार्ता र लेखका अंशबाट पनि आम जनताले स्पष्ट रुपमा पहिचान गरिसकेको समेत बताउनुभएको थियो । 
 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top