स्वास्थ्य

रुपन्देहीबाट २५ जना कोरोना भाइसरलाई जितेर घर फिर्ता 

जेठ १९, 2077    बुटवल पोस्ट

बुटवल, जेठ १९ । कोरोना भाइरस संक्रमण भएर भीम अस्पतालमा उपचार गराइरहेका २५ जना साेमबार निको भएर घर फर्केका छन्। 

कोरोना विशेष अस्पताल भीम अस्पताल भैरहवामा उपचारत २५ जना सबै निकाे भएर घर फर्किएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए। उक्त अस्पतालमा रुपन्देहीका १६, कपिलवस्तु ५, नवलपरासीका ३ र भारतका १ जना गरी २५ जना बिरामी उपचार गराइरहेका थिए। सबै बिरामीको २४ घन्टाभित्र २ पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उपाध्यायले बताए। 

निको भएर घर फर्किनुअघि उनीहरुलाई प्रदेश ५ सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सदस्य सन्तोष पाण्डेलगायतले फूल दिएर सजगता अपनाउन र छिमेकमा पनि कोरोनाका विषयमा सचेतना फैलाउन आग्रह गरेका थिए।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top