बिचार

कसरि छरिंदै छ स्लोपोइजन!

बैशाख ७, 2077    नर बहादुर घर्ती

अमेरिकामा कोरोना भाइरसको सुरुवाती चरण जब देखापर्यो, राष्ट्रपती ट्रम्पले वडो ढुक्कका साथ घोषणा गरे- अमेरिकामा यो महामारि बाट दुइलाख मान्छे मर्न सक्छन!यो अनुमानलाई अझ पुष्ट्याउँदै उनले थपे- एकलाख मानिसहरु त जरुर मर्नेछन!मर्छन।

यो भाइरस चीनको वुहानबाट फैलिएको हुनाले यो भाइरसको नाम चाइनिज भाइरस हुनुपर्छ भनेर अमेरिकालेभन्दै रह्यो। WHO र शक्तिराष्ट्रहरुलाइ दवाव पनि दियो तर WHO र अन्य शक्ति राष्ट्रहरुले यस्तो आग्रहवादी सोंचमा समर्थन नजनाउदा यो पुर्ण हुन सकेन।

इरान,अमेरिका ,स्पेन, फ्रान्स, बेलायत लगायतका देशहरु चीन पछि लगत्तै भयानक महामारिमा फँसे । अमेरिकाले इरानलाईनै सह्योगको प्रस्ताव राख्यो तर यो प्रस्तावको इरानले ठाडै इन्कार गर्यो।

महामारी क्रमश:अन्यत्रपनी फैलिदै र भयावह बन्दै गयो।भारतमा यसको प्रकोपले तिब्रता जनायो।यसकोउपचारमा सहायक हुन सक्ने ठानिएको क्लोरोक्वीनको भारत ठूलो उत्पादक हो।भारतले आफ्नो ठूलो जनसंख्या र महामारिले निकट भबिष्यमै देशभित्रै निम्तिन सक्ने औषधिको अत्यधिक माग र आवस्यकतालाइ ध्यानमा राखेको तर्फ संकेत गर्दै औषधि निर्यातमा बन्देज लगायो।यसको प्रतिकृयामा अमेरिकी राष्ट्रपती ट्रम्पको आक्रोशित र धम्किपूर्ण जवाफ आयो-प्रतिबन्ध फुकुवा नगरे आक्रमण हुन्छ।

महामारिको प्रकोपलाइ कमगर्ने निर्विकल्प एउटै उपाय सामाजिक दुरि कायम गर्नु र लकडाउनको विषयमा बिज्ञहरुले सुझाएपछी संसारका सम्पुर्ण देशहरु लकडाउनमा गए।तर अमेरिकाले घोषणा गर्यो-अमेरिका बन्द गर्न बनेको होइन।

ट्रम्पले विश्वमहामारिको बिरुद्ध काम गरिरहेको WHO लाई आफ्नो अनुकुल नपाएपछी चाइना परस्त भएको आरोप लगाए । WHO लाई अमेरिकाले दिने आर्थिक सहयोग रोक्ने धम्की दिए र अन्त्यमा आर्थिक सहायता रोक्न निर्देसन समेत दिए।

पछिल्लो चरणमा अमेरिकामा आर्थिक गतिबिधी कम हुने भन्दै लकडाउनको बिरुद्धमा हतियार सहितको प्रदर्सन भयो र राष्ट्रपती ट्रम्पले यसको व्यापक समर्थन गरे।

अब हामी माथिका गतिविधिभित्रका रहस्यहरुलाई केलाउंदा जोसुकैका मनमा तुरुन्तै उब्जने केही प्रश्नहरु हेरौं।
प्रकोप शुरु हुनासाथै राष्ट्रपती ट्रम्पलाई कसरी एकिन भैसक्योकी अमेरिकामा एक देखि दुई लाख मान्छे मर्छन?एक लाख त जरुर मर्छन? राष्ट्रपतिको सहजै यो अनुमानले त्यहाँका जनताको स्वास्थ्यप्रतिको संवेदनशिलतालाई प्रकट गर्छ?

विश्व महामारिका रुपमा फैलिएका कुनैपनी रोग वा प्रकोप विश्व मानव जातिकै साझा सत्रु हुन।यस्तोपनी कुनै देश बिशेषलाई बदनाम गर्ने खालले संज्ञा दिन खोज्नुले साम्राज्यवादी चरित्र उदाङ्गो हुन्न र?

पुंजिवादिहरुले सम्पती र शक्ति आर्जनका निम्ति अवसरलाई कसरी सम्म प्रयोग गर्न खोज्दारहेछन?

विश्वमा अमेरिकाले कति सम्म दादागिरी गर्दोरहेछ? र पुजिवादिहरुको मित्रता स्वार्थपूर्ण र क्षणिक हुन्छ भन्ने पुष्टि हुन्न र?

आफैलाई सुपर ठान्नु! विश्वलाइ च्यालेन्जको भाषा सिकाउनु।

शक्ति दुरुपयोग र गैह्रजिम्मेवारिको चरम नमुना!

आगामी चुनावको पुर्वतयारी ,गैर आप्रवासी लाई आतंकित पार्ने खेल र जीवन भन्दा अर्थ प्रमुख नीति।

अब नेपालकै कोरोना महामारी रोकथाम , सतर्कता र प्रकोप नियन्त्रण सम्बन्धी भयका गतिबिधिहरु र तीनका बिरुद्धमा मन्द बिशाक्त रुपमा सृजिएका अपार लिलाहरुको केही प्रसंग हेरौं।

चीनमा महामारी फैलियो।क्रमस: युरोपमा भयावह भयो।खाडिमा समेत यस्ले बाक्लै असर देखाउन थाल्यो।बाँकी देशहरु पनि यसबाट सङ्क्रमित हुन पुगे।सरकारले गम्भीर भयर यसको बिसयमा तत्काल सोंच्यो।एयरपोर्टमा कडाइ गर्यो, स्वास्थ्य परिक्षणको ब्यबस्था मिलायो र संक्रमित देशका नागरिकलाई नेपाल आगमनमा रोक लगायो।
यसको प्रतिउत्तर यस्तो रह्यो-सरकारले गम्भीर गल्ती गर्दै छ।सम्पूर्ण उडानहरु र देशको सिमाना बन्द गरिसक्नु पर्थ्यो।देशभित्र कसैलाईपनी पस्न दिनै हुन्नथ्यो।यो सरकारले जनताको सुरक्षा गर्न सक्दैन,कोरोना भित्र्याएर मार्ने भो।एक विद्वान उवाच: यो सरकार र नेताले कोरोना भित्र्याउंदै छन, कसैलाइ कोरोना लाग्यो भने ती नेतालाई जनताले काट्छन।
चीनको उहानमा महामारी फैलियो।दिनदिनै मान्छे मरिराको समाचारहरु बाहिर आय।१८० नेपालीहरु पनि त्यस क्षत्रमा रहेको भन्ने जानकारी आयो।उनिहरु नेपाल आउन सक्ने सहज स्थिती थियन।यत्रतत्र सर्वत्र आवाज उठ्यो।तुरुन्त ती नेपालिको उद्वार गर।सरकार भाको के काम? त्यतिपनी नगर्ने? बेकम्मा सरकार!
सबैको आवाज र परिस्थितिलाइ ध्यानमा राखी सरकारले चीनबाट १७४ जना नेपालिलाई नेपाल ल्यायो।खरिपाटी स्थित क्वारेन्टाइनमा राखी सबैको दुई दुई पटक स्वाब परिक्षण गरि सबैको खाने बस्ने खर्छ समेत नेपाल सरकारलेनै ब्यहोरेर नेपाल आर्मिको हेरचाहमा सबैलाई स्वस्थ बनाई घर घर पठाइयो।
सरकारले गरेको यश कामलाई मिडियाले बाहिर ल्याउन खासै चाहेनन।बरु एउटा दस्ता यसरी लाग्यो- सरकारले चीनबाट यी मान्छे ल्याएर ठूलो गल्ती गर्यो।अब यी मान्छेहरु संगै कोरोनापनी नेपाल भित्रियो।अब यसले सखाप पार्छ।जनतामा यस्तो भ्रम छरियो।चीनबाट स्वदेश फर्किएका नेपालिलाइ अपमानित गर्ने कोसिस गरियो र यतिसम्म षड्यन्त्र रचियोकी खरिपाटी वरिपरिका जनता उचालेर क्वारेटाइन बिरुद्ध प्रदर्सनमा उत्रने स्थितिसम्म गराइयो।
चीनमा भएका नेपालीहरुलाई ल्याउनका निम्ति पाइलटहरुको नाम सरकारले माग्यो।सबैभन्दा पहिले आफ्नो नाम नेपालका एकजना सेलिब्रेटी पाइलटले टिपाय अरे।यो कुराले सामाजिक संजाल रङ्गियो।तर ती सेलिब्रेटी त परि आउंदा जान मानेनछन है!अर्का वास्तवमै सच्चा पाइलटले परिआयको बेला महान काम गरे।तर त्यसले सामाजिक संजाल र मिडियामा कुनै ठाउँ पायन।
सरकारले सारा तीन करोड नेपालिको जिवनरक्षालाई ध्यानमा राखी सबै उडानहरु र सम्पूर्ण सिमानाहरु बन्द गरि आवतजावतमा रोक लगायो ।तब पहिले सरकारले उडानहरु र सिमाना बन्द गर्न ढिला गर्यो भनेर चिच्याउने हरुले भने -बाहिर गयका नेपाली होइनन? तीनिहरुलाई रोक्न कहाँ पाइन्छ।खोइ तिनीहरुको अधिकार?देशभित्रका यत्रा नेपालिको बिषयमा अवाक तिनका कलम , क्यामेरा र मुखद्वारले वडो कष्टगरी आठ जना ,दसजना, वाह्रजनाको तस्विर खोजे , खिचे र हाले ।सर्वोच्चमा मुद्दा लियर समेत गए।
सरकारले कोरोनाको प्रकोप सम्बन्धी ब्यबस्थापन गर्न उपप्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरिय समिती बनायो। देशभरी लकडाउन घोषणा गर्यो र परिआउने संपूर्ण संकट ब्यबस्थापनका निम्ति तिब्ररुपमा काम गर्न थाल्यो।केन्द्र देखि वडासम्म समिती बनायर कामको जिम्मा पनि दियो।
तिनै मान्छेहरु बतुराउन थाले-सरकारले केही गर्दैन।गरेकै छैन।केही ब्यबस्था हुन्न।लाग्यो मात्रै भने सबै मर्ने हो।परिक्षण नगरेर हो ।लाग्नत कति लागिसक्याछ।औषधि छैन।पिपिई छैन।परिक्षण गर्न ल्याव छैन।केही छैन।

सरकार काममा तिब्ररुपमा लाग्यो।सातवटै प्रदेशका विभिन्न ठाउंहरु धरान देखि धनगढिसम्म ल्यावहरु स्थापना गर्यो।औषधि ,पिपिई र स्वास्थ्य सामग्री सातै प्रदेशमा पुर्यायो।स्वास्थ्यकर्मी र चिकत्सकरुलाई तालिम र बिमाको प्रवन्ध सहित कामको सबै ब्यबस्थापन मिलायो।सुरक्षाका सबै अंगहरुलाई सह्योगी चुस्तदुरुस्त बनायो।राहतको प्याकेज ल्यायो।क्वारेन्टाइन, आइसोलेसन र भेन्टिलेटर सहितका आइ सि यु हरुको तयारी गर्यो।दुवै विधि बाट परिक्षण लाई तिब्र पारियो।आवस्यकता अनुसार उपचार थालियो।केहित निको भयर घर समेत फर्किसके।यी सवै कार्यमा सरकारलाइ जनताको अपुर्व साथ रह्यो।
तर ती मान्छेहरुले केही देख्दैनन।खोइत अहिलेसम्म कसैले एउटा गतिलो ल्याव सम्म पनि बनारैनछन त !सबै अहिले बनाउनु पर्योत!केहिक्षण तिनिहरुले भनेजस्तो नभयर परिक्षणमा खरावी देखे।किटमा खरावी देखे।प्राविधिकमा कमजोरी देखे।ढिलासुस्ती देखे।विस्वसनियतामा कमि देखे।ब्यबस्थापनमा कमजोरी देखे।अनेक अनेक देखे।तर तिनिहरुले जस्तो जस्तो देखे वा देख्न कोसिस गरे।समयक्रमले ती सबै झुटा सावित हुँदै जाँदा 104 ज्वरो त यीनिहरुलाइपो आउलाजस्तो छ विचरा! तिल्मिलायर अहिले यीनिहरु छरपष्टै पैदल यात्री र श्रमजिविहरुले घोर कष्ट ब्यहोरेको मात्र देख्दै छन।यति धेरै डंका पिट्दै छनकी मानौं यी साक्षात मुक्तिदाता हुन जरुर संसार निर्माण गर्ने श्रमजिवी वर्ग हाम्रो आधार हो,वर्तमान हो र भविष्य हो।उहाहरुको दु:ख पीडा तिन्ले भन्दा हामिले बढि बुझ्छौं।किनकी हाम्रो धरातल एउटै हो।हाम्रो वर्ग एउटै हो र टेक्ने जमिन एउटै छ।उहाँहरुलाई सम्मानका साथ जो जहाँ हुनुहुन्छ त्यही खाने र बस्ने ब्यबस्था हुनुपर्छ। मेची देखि महाकालिसम्म स्थानिय सरकार र ब्यबस्थित पार्टी छ।एउटा निर्णयले हामी यी सवै समस्याको निराकरण गर्न सक्षम छौँ । अहोरात्र देश र जनताका निम्ति भोकै अनिदै खट्ने सुरक्षाकर्मिहरुको दु:ख पीडा र योगदानलाइ पनि देख्दैन तिनको क्यामेराले।देख्छ त केवल सरकारी निर्णय उल्लंघन गरेर पुलिसले सम्झाउदा उल्टै उफ्रने, कराउने ,जाइझम्टी गर्नेको अधिकार हनन भयको।यिनले कहिल्यै माथी उल्लेख गरिए अनुसार सरकारले भए गरेका कामको उल्लेख गरेको कोहि कसैले सुन्नुभाछ? कुनै पैदल यात्री वा श्रमजिविलाई यस्तो अवस्थामा यसरी हिड्नु हुन्न।एउटाको गल्तिले गर्दा ठूलो महामारी मच्चिन सक्छ।बरु हामी हजुरहरुलाइ सघाउछौँ ,सरकारको सम्पर्कमा लैजान्छौं तर केही समय सम्पूर्ण जनता र देशको निम्ति जहाँकोतहिं बसेर सहयोग पुर्याउनुपर्छ भनेको सुन्नुभाछ?बरु स्थानिय सरकारहरु ले खान बस्न दियर रोकेकालाई उल्टै घर सम्म पुर्याउनुपर्छ भनेर उचाली रहेको पाउनु हुन्छ।चेत का कुरा गरेर नथाक्ने ए चैतन्यधारी मनुवा हरु!
सकारात्मक रुपमा सबैले सबैलाइ सम्झाउने ,सहयोग गर्ने र महाविपत्तिको यो साझा समस्यालाई सबै मिलेर टार्ने भन्ने चेत नभयकै हो त तिमिहरुमा? तिनै क्षुद्र चेतिय असह्योगी तन्तुहरुले बनेका कहिल्यै सुगन्धको अनुभुत गर्न नसक्ने दुर्गन्धतिरै सोंड जोतिनेहरु संग भाका मिलाउने छन फेरि केही अर्धतत्वहरु ! तिनले पनि हैरान पार्छन सामाजिक संजालमा कुरै नबुझी ,यसो गर मेरो सरकार! उसो गर मेरो सरकार भनेर!

तिनिहरुको क्यामेराले क्वारेन्टाइन देख्दैन।आइसोलेसन देख्दैन।भेन्टिलेटर सहितको आइ सि यु पनि देख्दैन।टोल देखि केन्द्रसम्म ब्यबस्थित रुपमा लाखौंलाइ बाँडेको राहत पनि देख्दैन।सिमानामा अलपत्र परेका र दुख पायर पैदल हिंडेका यात्रीलाई गरेको उद्वार त झन देख्दै देख्दैन। पिपिइ लायर उपचारर्मा खटेका चिकत्सक र स्वास्थ्यकर्मितिरत सोझिदै सोझिन्न। रात दिन सडकमा खट्ने सुरक्षाकर्मी देख्दा लेन्समा बिर्को लाग्छ।सङ्क्रमितहरु निको भयर धमाधम घर फर्कदै छन! ती चेत वालाले थाहै पाउन्नन। त्यत्रा स्थापना भएका ल्याब देखेकै छैनन।चिनबाट नेपाली ल्याएर खरिबोट राख्दा त तिनिहरु बेहोस नै थिय।कति हजारको स्वाब परिक्षण भयो? तिनिहरु थाहै पाउदैनन। ती चेतवालाहरु त केवल अपवादका छिट्फुट मात्रै देख्छन।राज्यको बिरुद्ध उराल्छन र असह्योगिको भुमिकामा हर्दम सल्बलाईरहन्छन, खवरदारिका नाममा!

यसरी हेर्दानिस्कर्षमा के भन्न सकिन्छ भने , जो सुकैको विचारधारा र पक्षधरता हुन्छ।जति लुकाउन छिपाउन खोजेपनी अन्तत: त्यो बोली व्यवहार र निर्णयको प्रस्तुतिले प्रष्ट भैनै छाड्छ।यहि पक्षधरताको कारणलेनै एउटै बिषयमा फरक प्रस्तुतिहरु आउने गर्दछन।तर स्वतन्त्र भनिएका पत्रकार मिडिया र बुद्धिजिविहरु बाट पनि सत्य र राम्रो जतिलाई गुमराहमा राख्ने र 
नराम्रो मात्र समाजमा फिंजाउने काम भयो भने समाज निरासावादी बन्न पुग्छ।राम्रोलाई राम्रो भनौं ,प्रोत्साहन गरौँ ।नराम्रोलाई नराम्रोनै भनौं,सुझाव दिउँ,सच्याउन प्रेरित गरौँ ।कस्तो सरकार ब्यबस्था र राज्य संचालन प्रणालीले जनतालाई प्रमूख ठान्छ र सोही अनुसार सबै पक्षमा जनताकै हक अधिकारर्हरु स्थापना गरि हर्दम उनिहरुकै पक्षमा कामगर्ने कुरालाइ सर्वोपरी ठान्छ र कस्तो ब्यबस्था र सरकारले पूँजी र सत्ता वा शक्तिलाइनै प्रमूख प्रार्थमिकता दिन्छ वा जहाँ घुमाउरो गरि जनता र विश्व मानव जातिको अधिकार दोस्रो वा गौंण हुन्छ भन्ने विषयमा समेत माथिका प्रसङ्गहरुले यहाँहरुलाई थोर बहुत जानकारी होला भन्ने सोचेको छु।सामान्य कुराहरुको अतिरंजितिकरणले हाम्रो नेपाली समाजलाई कसरी सरकारका बिरुद्ध जनमत तयार गर्न स्लोपोइजन छर्किईदै छ भन्ने षड्यन्त्रको भेद समेत केही मात्रामा खुल्न सक्छकी भन्ने आसा लिएको छु।
© नर बहादुर घर्ती
शुद्धोधन ४ रुपन्देही।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top