स्वास्थ्य

जनआन्दोलन आकस्मिक राहतकोषको रकम कोरोना विशेष आइसियु सञ्चालनका लागि हस्तान्तरण 

बैशाख ३, 2077    बुटवल पोस्ट

बुटवल, बैशाख ३ । नेपालमा भएको २०६२÷०६३ को जनआन्दोलनमा घाईतेहरुको उपचारका लागि बुटवलमा बनाइएको जनआन्दोलन आकस्मिक राहत कोषमा जम्मा भएको रकम कोरोना विशेष अस्पताललाई हन्तान्तरण गरिएको छ । राहतकोषमा जम्मा भएको रकम रु.५ लाख ८७ हजार ४ सय ९५ रुपैया बुटवल कोरोना विशेष अस्पतालमा आइसियु सञ्चालनका लागि हस्तान्तण गरिएको कोषका संयोजक बाबुराम भट्टराईले जानकारी गराउनुभएको हो । 

जनआन्दोलन राहत कोषका संयोजक बाबुराम भट्टराईका अनुसार जनआन्दोलनका घाइतेहरुको उपचारबाट बचेको रकमबाट लुम्बिनी अञ्चल अस्पतालको उत्तरपट्टी ट्रस्ट बनाइएको र बाँकी रहेको ब्याज सहितको उक्त रकम आज कोरोना विशेष अस्पतालमा आईसियु सञ्चालनका लागि केही मात्रामा भए पनि सहयोग होस भनेर हस्तान्तरण गरिएको बताउनुभयो । 

राहत कोषको रकम एक कार्यक्रमका बिच प्रदेशसभा सदस्य दधिराम न्यौपाने, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई लगायतको उपस्थितिमा कोरोना विशेष अस्पतालमा आइसियु निर्माणका संयोजक प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीलाई हस्तान्तरण गरिएको थियो । 

जनआन्दोलन राहत कोषको खाता तत्कालिन लुम्बिनी अञ्चल अस्पतालका अध्इक्ष बाबुराम भट्टराई, रुपन्देही उद्योग संघका एजाज आलम र लक्ष्मण ज्ञवालीको संयुक्त हस्ताक्षर रहने गरी खोलिएको बैक खाता आज देखि बन्द गरिएको छ । 
 

1 प्रतिकृयाहरू प्राप्त

कुमार तामाङ लेख्नुहुन्छ | 4 महिना अगाडी

२०६२-६३को महत्व पुर्ण एतिहासिक जन आन्दोलनको उपलब्धी ले आज बिशाल नयाँ नेपालको निमर्ण को साथै बिकास्वमुख नेपालको लहर अघि बडी रहेको घडीमा अकाशमात यो कोरोनाको शङ्क्रमण ले भयवभित अवस्थामा यो सोही आन्दोलन को सार्थक्ताको उपलब्धी आजको दिनमा पस्कनु पाउनु हामी सबै धन्यवाद को पात्र को छौ।र मेरो तर्फबाट मेरा सम्पुर्ण सहकर्मी साथीहरू तर्फबाट बाबू राम दाइ लगायत सम्पिर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।धन्यवाद .....

तपाईंको मत

To Top