बिचार

वर्तमानको सामना र भविष्यको सुनिश्चितता!

बैशाख २, 2077    नर बहादुर घर्ती

अहिले कोरोना भाइरसबाट विश्वनै नराम्रोगरी प्रभावित वनेको छ।दुइसय दस भन्दा वढी राष्ट्हरु यसको चपेटामा परिसकेका छन।सवालाखको हाराहारिमा मानिसहरुको मृत्यु भैसकेको छ भने बीस लाख जति सङ्क्रमित पुगिसकेका छन।मृतक र सङ्क्रमितको सङ्ख्या निरन्तर थपिने क्रम जारी छ।दिनहु हजारौंको सङ्ख्यामा मृतक र लाखौंको सङ्ख्यामा सङ्क्रमितले यो क्रम उकालो लागिरहेको छ।चिनमा हाल मत्थर देखियपनी विश्वका अरु भागमा भने सुस्ताउने यसको छाँट छन्द देखिदैन।युरोपलाई नराम्रोसङ्ग गाँजेको कोरोनाले अब आफ्नो दुस्प्रभाव अन्यतिरपनी तिब्रगतिमा देखाउन थालेको आभास छ।यसको प्रकोप कतिसमय सम्म रहला वा कहिलेबाट यसको प्रभाव कम होला त भन्ने विसय पनि बेअनुमान भएको कुरा बैज्ञानिकहरु र विशेषज्ञहरुबाट आइनैरहेको छ।समयमै रोकथामका उपायहरु प्रभावकारी बनाउन नसकियमा दक्षिण एशियाली
राष्ट्रहरुमा यसको प्रभाव अझ भयावह हुने चेतावनी WHO ले पटक पटक दिसकेको छ।

कोरोना भाइरस वा कोभिड-१९ मानव जातिको इतिहासमै एक भयावह महामारी हो भन्ने कुरामा द्विबिधा रहेन।अझ डरलाग्दो कुरा त के छ भने यो अझै कति लामो समयतक जाने हो?नजाने! यो अझै छ महिना वर्षदिनतक रह्यो भने विश्वको हालत के होला?देशहरुको हालत के होला? हाम्रो हालत के होल??यत्रतत्र सर्वत्र आर्थिक गतिविधिहरु कस्ता होलान?हाम्रा कामकाज र मनोदशाहरु कसरी गुज्रिएलान?विश्वभरिका र हाम्रै समाजका दैनानुदिनका अत्यावस्यक आवस्यक्ताहरुको सामना हामिले कसरी गरौंला? जेनतेन कसैले पनि भोको पेट बस्न नपर्नेसम्मको स्थिती सृजना गर्न राज्यले कस्ता उपायहरु अवलम्वन गर्लान? हाम्रा स्वभाव, सस्कृती र दिनाचर्याहरुमा कस्ता परिवर्तननहरु आउलान वा गर्नुपर्ला?समग्रमा विश्व परिस्थिती र देशदेशावरको परिवर्तनिय रुपहरु कस्ता होलान?

विश्वमानव इतिहासमै यो सर्वाधिक ठूलो दुष्प्रभाव र महामारिको घट्ना हो।सङ्क्रमण र मृत्युको गणितिय हिसावलेपनी यो त्यता तर्फ लम्कदै छ भने त्योभन्दापनी खतरनाक र भयावह पक्ष विश्वभरी यसले ठप्प पारेको उत्पादन र आर्थिक त्रासदी हो।जसवाट विश्वको आर्थिक गतिविधिहरु ठप्प छन। उध्योगधन्दा र ब्यबसायहरु चौपट छन।करोडौं करोडौं श्रमिकहरुले रोजगारी गुमायका छन र तिनिहरुसङ्ग आश्रीतहरु अरवौंको नानाचाचा हराएको छ।सबैखाले उत्पादन्हरु शून्य प्राय: हुदैछन।यस्तो समय लम्बिदै जांदा खाध्य सङ्कट निम्तिन पनि सक्छ।हाल विश्वमा प्राय सबै राज्य र तिनका सरकारहरुले जनतालाई बांडेका विभिन्न राहतका प्याकेजहरुको निरन्तरताले बिश्वभरी आशृतहरुको सङ्ख्या ह्वात्तै बढ्नेछ।क्रमश: ती सरकारी कोषहरुपनी कमजोर बन्दै जानेछन, कारण आर्थिक गतिबिधी नभयकाले राज्यको आम्दानी शून्य प्राय: रहन्छ।
ढिकुटिमै घट्दै गयपछी राज्यलेपनी राहतलाई क्रमस: कमकम गर्दै लैजानुपर्ने बाध्यता आउँछ तर त्यसबाट ब्यक्तिका आवस्यकताहरु पूर्ती नहुनाले बिस्तारै बिस्तारै एउटा ठूलो जनहिस्सा राज्यसङ्गको अन्तर्बिरोधमा पुग्नपनी सक्तछ।मूलत:यस्ता समस्याहरु ठुला औधोगिक सहर वा राज्य र अतिसैनिकिकरण गरि बिना उत्पादन राज्यभन्दा वाह्य भागमा राखी अन्यको आम्दानिमा त्यो शक्ति धान्ने रणनिती अवलम्वन गरेका राष्ट्रहरुमा सम्भवत: पहिला निम्तिन सक्छ।अधिकांम्स युद्ध सामग्री को बिक्रि र राज्यहरुको आन्तरिक द्वन्द र कलहबाट फाइदा उठाइ त्यहा आफ्नो सैनिक पनि थोपर्ने र त्यहाका महत्वपुर्ण प्राकृतिक श्रोतसाधनको दोहन गरि तिनलाइ कङ्गाल बनाउने र आफू सम्पन्न बन्ने वा कहलिने विधि वा प्रणालिमा विस्वास राख्नेहरुलाइ यसपछिको परिस्थितिले जरुर धक्का पुर्याउनेछ।यो महामारिको समाप्तिसङ्गै विश्वपरिस्थितिमापनी नया आयामहरु देखिनेछन।केही देशमा देखियका समस्याहरु आन्तरिक रुपमा त्यही समाधान हुनेछ्न र तिनिहरुले आफ्नो स्वाभिमानलाई आत्मसात गर्नेछ्न।राष्ट्रियतालाई चिन्नेछन र वाह्य हस्तक्षपको सख्त बिरोध गर्नेछन।बिशेषत: दक्षिण एशियायी र अफ़्रिकि मुलुकहरुमा पूजिवादीहरुले अनेक माध्यमबाट अस्थिरता सृजना गर्न लागि पर्नेछन।अनेकन तिकडमहरु रचिनेछन।तिनका सरकार र मन्त्रीहरुलाइ आर्थिक र अन्य अन्य प्रलोभन देखाइनेछ, फसाइनेछ। Ngo/Ingo हरु लगायर जनतामा भ्रम फिजाइनेछ।छ्द्मबेशी अनेक पात्रहरु खडा गरेर इमान्दार र राष्ट्रिय ख्यातिप्राप्त नेताहरुलाइ बदनाम गर्ने र आफ्नो इशारामा चल्ने लेण्डुपहरुलाइ सत्ताको वागडोरमा राखि राज्यका श्रोतसाधन आफुहरुले खैंचने प्रयासहरु प्रसस्तै हुनेछन। यसको नेतृत्व अमेरिकाले गर्नेछ र युरोपियन युनियन र क्षेतृय बिस्तारवादिहरुले त्यसलाई साथ दिनेछन तर यो उनिहरुका निम्ति कठिन सावित त्यतिबेला हुनेछ जति बेला उनिहरुले थाहापाउनेछ्नकि ती राष्ट्रहरुलेत अमेरिका ,इयु लाई भन्दा चाइनालाई बिस्वास गर्दारहेछ्न।चिनले अहिले आफ्नो बिस्वास, सहयोग,सद्भाव,सम्मान र सहकार्य,बस्तु तथा प्रबिधिको उत्पादन र बितरण ,विश्व भाइचारासम्बन्धको उद्घघोसका साथ अगाडि बढेको छ र यो पूरा गर्नका निम्ति चीन कुनै छलकपटबिना नेतृत्व गरिरहेको छ।यसका निम्ति चिनसङ्ग अर्थ, प्रविधी जनशक्ती, योजना तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै समर्थन समेत साथ छ।यसरी हेर्दा महामारिको प्रकोप पछाडी बिकासोन्मुख वा अलि अगाडि बढेका राष्ठरु पुजिवादिहरुको नजरमा पर्नेछन किनकी बेरोजगारी, हतियार ब्यापारमा मन्दी,अन्यत्र राखियका सैन्य क्याम्पहरु हटाउने माग, विशाल शैनिक र प्रशासनिक खर्चको बोझ,उध्योगलाइ चाहिने कच्चापदार्थको अभाव,आफुहरु वा सरकार बिरुद्ध उठेको बिरोधको लहरलाइ अन्यत्र मोड्नुपर्ने वाध्यता,आर्थिक मन्दि र कर्मचारी तथा सैन्य कटौतिको समस्या जस्ता अनेकौं जटिलताहरुले जकडिन पुग्छन र फलत: उनिहरुले आफ्नो स्वभाव अनुसार कमजोर र श्रोतसाधनयुक्त राज्यहरुमा हस्तक्षप गर्ने, अन्तरबिरोधहरु शृजना गराउने र गृहयुद्ध वा क्षत्रीय युद्धहरु गराउने र सह्योगको नाममा हतियार बेच्ने,ती देशका श्रोतसाधनहरु रित्याउने र पुन: मध्यस्ताको ढोंग रच्ने र शक्तिमा रहिरहने।यस्ता बहाना अनेक हुन सक्छन- कहि राजनितिक, कहि धार्मिक, कहि साँस्कृर्तिक, जातिय रभाषिय,कहि भौगोलिक।अनेक अनेक।
अवका केही वर्षमा पुजिवादका यी परिस्थितिले विश्वबजारमा तिनको टकराव चीनसङ्ग देखिनेछ ।किनभने चिनको बस्तु सेवा र प्रविधिको भिमकाय उत्पादनसङ्ग अरुले प्रतिस्प्रधा गर्न कठिन हुनेछ।त्यसैले अवका करिव दस वर्षमा विश्वमा पुन एउटा ठूलो हलचल पैदा हुनेछ किनकी अन्य तिक्डम र प्रोपोगान्डाहरुबाट सफल नभैसकेपछी पुजिवादिहरु सबै एक भयर चीनका बिरुद्ध युद्ध छेड्नेछन।जस्तो सोभियतसङ्घका बिरुद्ध दोस्रो बिस्वयुद्धमा अमेरिकि बेलायतिहरुले जर्मनिलाई उचालेका थिय।तर यो बिसयमा चिन अहिले पनि जानकार र होशियार भयकाले सावधानी पुर्वक रसिया, उतारकोरिया लगायतका शक्तिसम्पन्न राष्ट्र हरुलाइ आफ्नो पक्षमा लिदै व्यापक अन्तरास्ट्रिय समर्थन जुटायो भने परिस्थिती बदलिन पनि सक्छ।

1. यीत भय अनुमान गरियका केही विश्व झलक!अब हाम्रो आफ्नै बारेमा अनुमान गरौं ।हालसम्म कुनै दु:खद घट्ना नबेहोरेपनी यसको दुस्चक्रमात हामी फसिनै सकेका छौं हाम्रा सम्पूर्ण उत्पादन र आर्थिक गतिबिधिहरु ठप्प भयका छन।लाखौले रोजगारी गुमायका छन ।सप्पन्न हुने चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु पछाडि धकेलियका छन।महत्वपुर्ण आयोजनाहरुका निम्ति आउने अन्तर्राष्ट्रिय सहयोगहरु आउन अब निकै कठिन छ।देशबाहिर रोजगारिमा रहेकाहरुकोपनी अब रोजगार बन्द हुनेछ र उनिहरु देशमै फर्किनेछन।ठूलो मात्रामा भितृने रेमिटान्समा भारी गिरावट आउनेछ।यसरी देश भित्र रहिरहेका र बाहिरको रोजगारिबाट मुक्त भयर आयका गरि एउटा ठूलो बेरोजगार पङ्तीको भिड लाग्नेछ।उत्पादन ठप्प र बाहिर रहेको जनसङ्ख्यासमेत देशभित्र प्रवेस गर्दा हाम्रो सम्युक्त जनसङ्ख्याको ठूलो जमातलाई हाम्रो खाध्यतन्त्रले लामोसमय थेग्न कठिन हुन सक्छ।बाहिरवाटपनी न आउने र हामिसङ्ग भयकोपनी सकिदै जाने भयो भने खाध्यसङ्कट्को नजिकैपनी हामी पुग्न बिवस हुन सक्छौं।निश्चित छकी बाहिर बाट आइहाल्यो भनेपनी त्यो हामिलाइ निकै महङ्गो पर्नेछ।अब केही समयका निम्ति नेपालिहरुले बिदेशमोह कम गर्नेछन।बिदेश रहनै चाहाना राख्नेहरुकोपनी त्यस्तो भयङ्कर उभोगती तत्काल रहन्न।किनकी यो समस्या विस्वभरीनै ब्याप्त छ।देशभित्र रहेका उध्योगधन्दा पनि बन्द छन।कहिले खुल्छन? केही भन्न सकिने स्थिती छैन।संचालकहरु बैङ्कको सावाँ ब्याजको चपेटामा छन।महामारी पछि महङ्गी जरुर बढ्नेछ।उत्पादित सामान महङ्गो हुनेछ,तर श्रमजिविले भने सस्तोमा श्रम गर्न वाध्य हुनेछन।यसरी बस्तुको मूल्य र ब्यक्तिको क्रयशक्तीको विचमा ठूलो अन्तर पैदा हुनेछ।सरकारले सधैंभरी राहतको ब्यबस्था गर्नपनी निकै मुश्किल हुनेछ।कतित काम बिहिननै हुनेछ्न।कामपायकाहरुले पनि तिनका लालावाला पाल्न र पेटभरी खान सक्ने छैनन।सरकारले बैकिङ्ग ब्यबस्थालाइ उध्योग र ब्यबसाय मैत्री नगराउने हो र जसरिपनी उध्योग ब्यबसायलाइ बचाउने नीति नलिने हो भने बैंककै कारण धेरै उध्योगधन्दा बन्द वा धरासायी हुनेछन र अझै बढी रोजगारिहरु गुम्नेछ्न।हाम्रो देशमा धेरैजसो सेवा र बस्तु उत्पादनकेन्द्रहरु निजिस्तरका भएकाले त्यसको प्रत्यक्ष मारमा श्रमिकहरु र आम उपभोक्ताहरुनै पर्दछन।यी सबै कारण र परिस्थितिहरुले गर्दा आम जनमानसमा एउटा नमिठो अनुभव पैदा भैरहेको हुन्छ।यो स्वभाविकपनी हो ,किनभने यी सबै परिस्थिती र परिणामहरु किन र कसरी सृजना भयका छन वा गरिएको छ भन्ने कुरा आम जनसमुदायलाइ थाहा हुदैन र उनिहरु एकोहोरो रुपमा सरकारसङ्ग आक्रोशित हुन पुग्छन।
आर्थिक सङ्कट, बेरोजगारि र महङ्गी जस्ता अनेकन समस्या र मानिसहरुको ठूलो संख्या के गर्ने के नगर्ने भयर त्यसै टोलायर बसेका बखत राजनितिक नेतृत्व र सरकारले सावधानिपुर्वक ठोस योजना र प्रष्ट नीति अगाडि सार्न सक्नुपर्छ ।अन्यथा हाम्रोजस्तो मुलुकमा कुनैपनी बेला परिस्थिती धुमिल्याउन दाउ ढुकेर बसेका अनेक तत्वहरु र कुरै नबुझी एक्कासी आवेगमा आयर सडकमा उत्रने भिडले वर्तमान सरकारले लियको समृद्ध नेपाल शुखी नेपालिको सपनालाइ दु:ख दिन सक्छ।माथिनै उल्लेख गरिएको छ कि यहाँ अनेक बहानामा जनतालाई दिग्भ्रमित पार्ने प्रयासहरु गरिनेछन र नेताहरुलाइ प्रलोभन, बदनाम र कलङ्कित।यहाँ अधिकारका कुरा उठाइनेछ।पारदर्शिताका कुरा उठाइनेछ।अघि र पछिका कुरा उठाइनेछ। ठूलो र सानोको कुरा उठाईनेछ।पालोको कुरा उठाइनेछ ।राहतको कुरा उठाइनेछ।स्वास्थ्यकर्मी र सुरक्षाकर्मिहरुलाइ विवादमा तान्न कोसिस गरिने छ।स्वास्थ्य सामग्री र तिनको ब्यबस्थापनलाई विवादास्पद बनाउने कोसिस हुनेछ।स्वस्थता अस्वसथताको कुरा
उठाइनेछ।गुट र पक्षधरताका कुरा उठाइनेछ।प्रतिशत र गणितका कुरा उठाइनेछ।सहभागिता भित्रपनी यो वरिष्ठ र त्यो कनिष्ठ भनिनेछ।आदि आदि अनेकौं।लाख जुक्ती लगायर आफैभित्र फुटाउने लडाउने, कामगर्ने उच्छार नपायर एक अर्कामा आरोपप्रत्यारोप गरि बिवादमा उतार्ने र इतिहासकै कलङ्क यो नेतृत्व सरकार र पार्टिलाइ लगाउने दाउमा ढुकुवाहरु ढुकेकै छन।

अत:आदर्णिय दुरदर्शी नेताहरु!हजुरहरुले अत्यन्तै धैर्यताका साथ,वडो सुझबुझका साथ ,कुनैपनिखाले स्वार्थले वसिभुत नभयर देश र जनता कोरोनाको यो विश्व महामारिको बिपतमा परेर छटपटाइर्हेको बेला जुनसुकै प्रकारले जुनसुकै हालतमा सबै नेपालिलाइ सुरक्षित राख्न तपाइहरु लाग्नुहोस।खट्नुहोस र सरकारलाई हरप्रकारले सहयोग गर्नुहोस।अर्कोतर्फ महामारी भित्रै र महामारी पछि देखिने माथी उल्लेखित समस्याहरु समाधान तर्फ पार्टी नेतृत्व र सरकार आजैदेखी ठोस योजना बनायर लाग्नुहोस ताकी आँकलन गरिएका ती समस्याहरु आउनै नपाउन र अवान्छित तत्वका गतिबिधिहरुको बाटै बन्द होस।लाग्छ त्यसका निम्ति हाम्रो सरकार र नेतृत्व सक्षम छ।हामिले बेलैमा हाम्रो कृषिलाइ ब्यबस्थित गरौं ।हामिले हाम्रा उध्योगधन्दा र ब्यबसायहरुलाइ ब्यबस्थित गरौं।हामिले सुरक्षित रुपमा तत्काल के के उत्पादन गर्न सक्छौ? भयका खाध्यतत्वहरुलाई लामोसमयसम्म सुरर्क्षित राख्न कसरी सक्छौ? पहाडका बाँझो जग्गाबाट कसरी बढी उत्पादन लिन सक्छौं? कस्ता कस्ता कति कति जनसङ्ख्यालाइ कहाँ कहाँ रोजगारी दियर ब्यबस्थित गर्न सक्छौं? आँकडा निकालेर तिनलाइ ब्यबस्थित गरौं ।यो अप्ठ्यारो परिस्थितिमा जनता सङ्ग सरकार र पार्टि कसरी सम्पर्कमा रहिरहने! जसले गर्दा सरकारले गरेको सबै राम्रा कामहरु को बारेमा जनताले बुझुन र कहि कसैको स्यालहुंइयाले भ्रममा नपरुन। त्यस्ता कार्यक्रमहरु तत्काल ल्याउ र लागू गरौं।यो बेलामा हामी पछि आउने सबै चुनौतिहरु,जस्तो- बेरोजगारी, महङ्गी लाई ब्यबस्थापन गर्नेगरी, हाम्रा राष्ट्रिय गौरवका योजनाहरुले पुर्णता पाउनेगरी, देश भित्र भयका र बाहिरबाट देशभित्रै फर्कियर आयका सबैलाइ रोजगारी सृजना हुनेगरी कार्यक्रम बनाउनेतर्फ लागौं।सुचना र बिचारलाइ निरन्तर प्रवाह गरौं बर्तमानका चुनौतिलाइ एकता र आत्मसाहसका साथ सामना गर्दै भबिस्यलाइ सुनिश्चित गरौ।
©नर बहादुर घर्ती
शुद्धोधन ४ रुपन्देही।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top