राजनीति

कोरोना भाइरस विरुद्धको लडाईलाई जित्न उच्च मनोबल कायम गरौँ – प्रधानमन्त्री ओली

बैशाख १, 2077    बुटवल पोस्ट

काठमाडौं, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्ष २०७७ को शुभकामना दिदै भिडियो संदेश दिनुभएको छ । 

प्रधानमन्त्री ओलीले दिएको भिडियो संदेशमा नोवेल कोरोना भाइरस विरुद्धको लडाईमा विश्वका साथै हामीले पनि जित्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले आफ्नो दुई बर्षे कार्यकालमा उत्कृष्ट काम भएको बताउँदै कोरोनाको संक्रमण नभएको भए अहिले विकासको र आर्थिक वृद्धिदरका कुरा गरिएको, पर्यटन बर्ष तथा अन्य विकासका कामको बारेमा कुरा गरिहेको हुने थियौ भन्नुभएको छ । 

प्रधानमन्त्रीले यस असहज परिस्थितिको शिघ्र अन्त्य हुने विश्वास सहित अन्योल र भयको कहाली लाग्दो अवस्थाबाट विश्व नै गुज्रिरहेको बताउदै वहाँले २०७२ सालको भूकम्पको स्मरण गर्नुभएको छ । 

भूकम्पका बेला हामीले हाम्रो मनोबल टुट्न नदिएको बताउदै वहाँले अहिले भिन्न अदृश्य शत्रु विरुद्ध लडिरहेको बताउनु भएको छ । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top