बिचार

अर्जुन बन्नुको लोभले बरबरिकको हत्या

चैत्र २९, 2076    नरबहादुर घर्ति

महाभारतमा एउटा पात्र छ बरबरिक । यो बरबरिक आफ्नो लगाव, मिहिनेत, परिश्रम र तपस्याले यति शक्तिशाली छ कि तपाईं हामीले सुनेको सम्पुर्ण अठार पर्वको युद्ध त उस्ले दुई वाणले नै ठेगान लगाई दिन्थ्यो वा समाप्त पारिदिन्थ्यो । यो सबै कुराको थाहा कृष्णलाई पहिले थियो । कृष्णले कुनै पनी हालत मा यो युद्ध अर्जुनलाई वा पाण्डवलाई जिताउनुपर्ने थियो । तर बरबरिक जिवित रहे यो उद्देश्य पूरा हुदैनथ्यो । त्यसैले आफ्नो उद्देश्य पुर्तिका निम्ति पछि अवरोध हुने देखेर युद्ध अगावै कृष्णले कपट गरि बरबरिकको शिर छेदन गरिदिए ।......अहिले यो प्रसङ्ग हाम्रो पार्टीका महत्वपुर्ण नेताहरु र सरकारलाई लगातार रुपमा गरिएको आन्तरिक र वाह्य प्रहारले पुर्नस्मृती गरायको छ । झल्झली सोही घट्नाको स्मृती पान भएको छ । बेलायत जस्तो मुलुकमा ईयु मा रहने वा बाहिरिने भन्ने एउटा बिषयले कतिजना प्रधानमन्त्री फेरिए ? सबै बिद्वानलाइ विदितै छ । एउटै बिषय र मुद्दाले अनेकन देश सयौ वर्ष बिवादको भुवरिमा फसेको र गृहयुद्ध समेत भयका घट्नाहरु सबै राजनितिज्ञले पढेको पनी हुनुहोला । यो मानेमा नेपाल अति भाग्यमानी सावित भयो । यो ग्रह दशाले होइन, घरका दाजुभाइ छुट्टिदा त त्यसलाई ब्यावस्थापन गर्न केही वर्ष लाग्छ भने पहिलो पटक ब्यावस्थापन गर्नुपर्ने संघ, प्रदेश र स्थानिय तहका सबै सरकारहरुको ब्यबस्थापन यो सरकारले वडो कुशलतापुर्वक गरेको छ । देश र जनताका हितमा काम फटाफट गर्न कानुन को ब्यबस्था थिएन, हाल तिनिहरुलाइ लिपिबद्ध गर्ने काम भएको छ । सत्तरी वर्ष देखिको हाम्रो लडाइ, त्यस्का उपलब्धिहरु, प्राप्त अधिकार र सुखी नेपाली, समृद्ध नेपालको खाका लिपिवद्ध गरिएको छ । जनताको शिक्षा र स्वास्थ्यलाई मुल प्राथमिकतामा राख्दै १२ सम्मको शिक्षा निशुल्क र स्वास्थ्य विमाको योजना ल्याइएको छ । खरको वा फुसको छाना निर्मुल गर्न जुनसुकै सरकारको घोषणा छ । सुकुम्वासस्लाई जग्गाको ब्यवस्था हुँदै छ । तुइन बिस्थापन भएको छ । बाटाहरु कालो पत्रे भएका छन । कुला नहर ब्यबस्थित बन्दै छन । देशैभरी ठुला राजमार्गहरु चौडा र चिल्ला हुदैछन । ठुला ठुला बिमानस्थलहरु बन्ने र सम्पन्न हुने चरणमा छन । लोडसेडिङ्गको अन्त्य भयको छ । अन्तरिक्षमा हाम्रो आफ्नै सेटेलाइट छ । उद्योग र उद्योगीलाई संरक्षण र संवद्र्धन गर्न लागि परिएको छ । अन्तरास्ट्रिय स्तरमा नेपालको उपस्थिति सम्मानजनक बनाइएको छ । सम्बन्धहरु सुमधुर र विकसित भएका छन । उत्तरतिरका नाकाहरु खोलिएका छन । नेपालले अन्तरास्ट्रिय मार्ग र बन्दरगाहहरुको उपयोग गर्न सम्मानजनक रुपमा पाउने भयको छ । देश बाहिर रोजगारीका महत्वपुर्ण गन्तब्यहरु र देशभित्र थुप्रै रोजगारीका अवसरहरु सृजना गरिएको छ । टोर्नाडो पिडितलाई तत्काल घर बनायर हस्तान्तरण गरिएको छ । भुकम्पले थिलो थिलो भएका संरचनाहरुको पुनर्निमाण गरिएको छ । भ्रष्टाचारीलाई भटाभट कार्वाही गरिएको छ । सिन्डिकेटहरु तोडिएका छन । काला बजारी, गुण्डागर्दी समातिएका छन । राष्ट्रियताका बिषयमा जो सुकैसङ्ग प्रष्ट अडान राखिएको छ । अशक्त, असाहाय, एकल, वृद्धबृद्धा र सुत्केरीका निम्ति विशेष ब्यबस्थाहरु गरिएको छ । आदिवासी, जनजाती, महिला, मधेसी, मुस्लिम र दलित एवम् पिछडिएका समुदायका अधिकारका निम्ति आयोगहरुको ब्यबस्था गरिएको छ । बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारी बिरुद्ध सरकार अत्यन्तै चनाखो र जिम्मेवार भएर हाम्रो देशको स्थिति र क्षमता भन्दा उच्च स्तरको सतर्कता र सम्भाबित उपचारका सम्पुर्ण ब्यबस्था मिलाइरहेको छ । राहतलाई ब्यबस्थित गरेको छ । साच्चै सरकारको अनुभूति जनता र राष्ट्रलाई बनाएको छ । अहिलेको स्थितिमा यो भन्दा बढी गर्न ईन्द्रेको बाउ चन्द्रे आएपनी सक्दैन । सकिन्छ भने हामी सबै मिलेर सकिन्छ । तर........यी सबैका वावजुद पनि ट्याउ ट्याउ र ङ्यार ङ्यार शिवाय केही छैन  ।माथिका यी काम केहिले त देख्दै देख्दैनन । अचम्म छ वा ! होइन को हुदा कति कति हुन्थ्यो होला ? सत्ताका रस स्वादन नगरेका त त्यति छैनन जस्तो लाग्छ । आफ्ना पालाको बिस्मरण हुदोरैछ क्या ? यो आपतको बेला हो । बरबरिकको शिर छेदन तर्फ नलाग्नोस आदरणीय नेताहरु । जनताले र कार्यकर्ताले सबैको धेरै कुरा ढिलोचाडो अवस्य बुझ्छन । जनताले देखेको काम नेताले नदेख्नुमा कस्तो दृष्टिभ्रम ? यो सरकारले पनी केही गर्यो भन्ने बित्तिकै २१ कुल को नर्कवास होला जस्तो । घर पोलेर खरानी त होला तर बाँस के होला ? बाबुरामजी अशोकजीहरुलाई हेरेर अनुमान गर्नुस । नदेख्नु र नभन्नुमा तपाईहरुको त स्वार्थ होला अर्जुन बन्ने । निस्वार्थहरुलाई किन पीडा दिनुहुन्छ ? एक पछि अर्को योद्धाको शिर छेदनले तपाइको फौज कमजोर हुन्न र ? अ साच्ची हाम्रो यो सारा युद्ध ब्यक्तिगत पद प्राप्ती र गुटगत स्वार्थका निम्ति कि देश जनता र परिवर्तनका निम्ति रे ???
(नरबहादुर घर्ति, शुद्धोधन गाउँपालिका–४, रुपन्देही) 
 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top