समाज

आयातित तरकारी तथा फलफुल प्रयोग नगर्न तिलोत्तमा नगरको अनुरोध

चैत्र २२, 2076    बुटवल पोस्ट

तिलोत्तमा, चैत्र २२ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भारतबाट आयातित तरकारी तथा फलफूल प्रयोग नगर्न नगरबासीलाई  अनुरोध  गरेको छ । ’हालको विषम परिस्थितिमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कोरोना संक्रमण नरहने विश्वस्त आधार नभएकोले तिलोत्तमा नगरपालिका क्षेत्रमा भारतबाट आयातित तरकारी तथा फलफूलको खरिद, बिक्री–वितरण तथा उपभोग नगर्नु/नगराउनु हुन सम्पूर्ण नगरबासीमा अनुरोध छ ।’ नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।
नगरपालिकाले हालको विषय परिस्थितिमा स्वदेशमैं उत्पादित तरकारी, फलफूललगायतका कृषिउपज प्रयोग गर्न नगरबासीलाई भनेको छ । स्वदेशमैं उत्पादित कृषिउपज भीडभाड नगरी व्यक्तिबीचको दुरी कायम गरी तोकिएको समयमा मात्र खरिद, बिक्री–वितरण गर्नु नगरपालिकाले सबैलाई सूचित गरेको सूचनामा उल्लेख छ ।
तिलोत्तमाले लकडाउनको अवधिको लागि अत्यावश्यक खाद्यन्न तथा तरकारी खरिद तथा बिक्रीको लागि बिहान ११ देखि २ बजेको समय तोकेको छ । यस्तै दुधको खरिद तथा बिक्रीको लागि बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेको समय निर्धारण गरेको छ । नगरबासीले स्थानीय स्तरमा आफूसक्दो कृषिउपज उत्पादन कार्यमा जुट्न हुन समेत सम्पूर्ण नगरबासीमा अनुरोध छ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top