राजनीति

“भुस्याहा कुकुर र गिद्धहरुको हिसाब–किताब मैदानमा आएपछि गरौंला” : संयोजक महर

चैत्र १८, 2076    बुटवल पोस्ट

काठमाडौं, चैत्र १८ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले सरकारको विरोधको नाममा आमनागरिकको स्वास्थ्य माथि नै खेलवाड गर्ने गरी सामाजिक सञ्जाल तथा केही मिडियाहरुले अनावश्यक प्रचार प्रसार गरेकोप्रति खेद प्रकट गर्नुभएको छ । 

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रमण गरिरहेको अवस्थामा नेपाल सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणको प्रभावकारी भूमिका निर्वाह गरिरहेको सन्दर्भमा केही अराजक तत्वहरुले सरकारको विरोधको नाममा आमनागरिकको स्वास्थ्य माथि नै खेलवाड गर्ने गरि सामाजिक सञ्जाल तथा केही मिडियाहरुले अनावश्यक प्रचार प्रसार गरेको भन्दै उहाँले संकटको समाधानको समयमा पनि त्यस्ता व्यक्ति तथा मिडियाहरुले अफबाह फैलाएको आरोप लगाउनुभएको हो । 

संयोजक महरले कोरोना संक्रमण नियन्त्रण भई मैदानमा आए पछि हिसाब किताब गर्ने चुनौती दिनुभएको छ । वहाँले सामाजिक सञ्जालमा अहिले कोरोना भाइरसका बिरुद्ध घरमै बसेर लड्दैछौं। भुस्याहा कुकुर र गिद्धहरुको हिसाबकिताब मैदानमा आएपछि गरौंला भन्दै फेसबुकमा पोस्ट गर्नुभएको छ । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top