राजनीति

प्रदेशसभा सदस्यद्धारा कोरोनाबाट बच्नका लागि सर्तकता अपनाउन अपिल 

चैत्र १७, 2076    बुटवल पोस्ट

बुटवल, चैत्र १७ । रुपन्देही क्षेत्र नं.–१ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य डा.कृष्ण न्यौपानेले विश्वव्यापी संक्रमणको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्नका लागि अपिल गर्नुभएको छ । 

प्रदेशसभा सदस्य डा.न्यौपानेले एक विज्ञप्ति मार्फत राज्यका हरेक अंग र निकायहरु कोरोना भाईरसको रोकथामको लागि कटिबद्ध भएर लागिरहदा, नागरिकले पनि आफ्नो दायित्व र कर्तव्यलाई ख्याल गर्दै सोही अनुरुपको व्यवहार देखाउन आवस्यक रहेको बताउनुभएको छ ।

वहाँले विश्ववायापी महामारीको रुपमा कोरोना भाईरसबाट बच्ने अहिले सम्मको उत्तम उपाय भनेकै  लकडाउनको अवस्थालाई पुर्ण रुपमा पालन गर्नु नै रहेको हुदा सबै नेपाली जनता, विशेष गरी प्रदेश नं ५ रुपन्देही निर्वाचन क्षेत्र नं १ (१) का सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई, आफ्नै घरमा बसेर आफु पनि बाच्ने र अरुलाई पनि बचाउनको निम्ति जिम्मेवार भई सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्नुभएको छ । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top