राजनीति

नेकपा तिलोत्तमाद्धारा कोरोनाबाट बच्न विशेष सर्तकता अपनाउन आग्रह 

चैत्र १५, 2076    बुटवल पोस्ट

बुटवल, चैत्र १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले विश्वव्यापी महामारीको रुपमा  फैलिरहेको कोरोना भाइरसबाट बच्न र बचाउन विशेष सर्तकता अपनाउन सम्पूर्ण पार्टी कमिटी, जनसंगठन र कार्यकर्ताहरूलाई अनुरोध गरेको छ । 

शनिवार भिडियो कन्फरेन्स मार्फत बसेको नगर कार्यालयको बैठकले सरकारद्वारा घोषित लकडाउनको पालन गर्ने र गराउन सहयोग पुराउने, संक्रमण हुनबाट जोगिने उपायहरूको सामाजिक सञ्जाल मार्फत व्यापक प्रचार प्रसार गर्ने निर्णय गरेको नगर कमिटीका अध्यक्ष मोहन चापागाईले जानकारी गराउनु भएको छ । 

बैठकले बिभिन्न मुलुकहरूबाट आउनेहरूको पहिचान गरी निगरानीमा राख्ने, आवश्यकता अनुसार क्वारेन्टाईन र आईशोलेसनमा पठाउने, आफु सुरक्षित रहेर, कमजोर नागरिकका लागि आवश्यक सहयोग गर्ने तथा समस्यामा परेकाहरूको सहयोगमा स्यमसेवकका रूपमा खटिन आम कार्यकर्तालाई आग्रह गरिएको अध्यक्ष चापागाईले बताउनु भएको हो । 

बैठकद्धारा महामारी बिरूद्वको लडाईमा सरकार र नागरिक एक भई सकारात्मक भूमिकामा उभिन, सबै प्रकारका भ्रमहरू चिर्दै बलियो आत्मविश्वास र अनुशासनको पालना सहित अघि बढन उत्प्रेरित गर्ने काममा दृढतापूर्वक लाग्न आम जनसमुदायलाई अपिल समेत गरिएको छ । 
 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top