स्वास्थ्य

नेकपाकाे सक्रियतामा दसगजामा स्वास्थ्य चेकजाच, राहदानी बाहक पर्यटक आगमन शून्य

चैत्र ७, 2076    नरेश के सी.

भैरहवा, चैत ७ । स्थल मार्ग हुँदै सबैभन्दा बढि पर्यटक भित्रिने नेपाल भारत सीमा नाका बेलहिया स्थित दसगजामा नेकपा स्थानिय कमिटीको सक्रियतामा स्वास्थ्य चेकजाचमा कडाई गरिएको छ । उक्त नाकाबाट नेपाल प्रवेश गर्नेहरुको तापक्रम नाप्ने, स्यानेटाईजरबाट हात धुवाउने गरेर मात्रै प्रवेश गर्न दिईएको छ । 

सिद्धार्थनगरपालिकाले तापक्रम नाप्ने उपकरण र दुईजना कर्मचारी उपलब्ध गराएर सहयोग गरिरहेको उक्त दसगजाको स्वास्थ्य चेकजाचमा स्थानिय बेलहिया स्थित नेकपाको वडा कमिटीले प्रत्येक पार्टी सदस्यसंग सहयोग उठाएर स्यानेटाईजर खरिद गरेको वडा सचिबालय सदस्य रमेश थापाले बताउनुभयो । थापाले भन्नुभयो, ‘हाम्रो पार्टीका साथीहरु बिहान ६ बजेदेखि राति १० बजेसम्म पालैपालो बसेर भारतबाट नेपाल आउनेहरुको स्वासथ्य चेकजाचमा सहयोग गरिरहनुभएको छ ।’ 

थापाका अनुसार स्थानिय वडा कमिटीले पहिलो चरणमा ४५ हजार मूल्य बराबरको स्यानेटाईजर खरिद गरेको छ । विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाईरस जतिबेला पनि नेपाल भित्रिन सक्ने हुदा भारतसंग सिमा जोडिएको वडाका बासिन्दा सचेत भई सकेसम्म रोग भित्रिन नदिन पुर्व सतर्कता अपनाएको दसगजाको हेल्प डेक्समा सेयानेटाईजर बाट हात धुन अनुरोध गर्दै बसेका नेकपा जिल्ला सदस्य धर्मराज गिरिले बताउनुभयो ।

पाटीको अभियानलाई नगरपालिका सहित सेना, प्रहरी, शसस्त्र प्रहरीले पनि सहयोग गरिरहेको छ । उक्त नाकाबाट मोटरसाईकल, साईकल, चारपांग्रे सवारी साधन, मालबाहक गाडि, पैदल यात्रि गरेर आजभोलि दैनिक १५÷१६ हजार जना जति ओहोर दोहोर गरिरहेको नेकपा नगर सचिबालय सदस्य रामु बस्नेतले बताउनुभयो । उहांले भन्नुभयो,  ‘दसगजाको स्वास्थय डेक्समा हात धुवाएर र तापक्रम नापजाच गरेर मात्रै नेपाल आउनेगरि व्यवस्था भएको छ । पाचदिनदेखि हामी सबै खटिएका छौ ।’ यता राहदानी बाहक पर्यटक नेपाल प्रवेश शून्य भएको छ ।

अध्यागमन कार्यलय बेलहियाका प्रमुख गिरिराज खनालका अनुसार शुक्रबार बेलहिया नाकाबाट एकजना पनि राहदानि बाहक विदेशि नेपाल प्रवेश गरेको पनि छैन । खनालले भन्नुभयो, ‘बुधबार २ जना आए । बिहिबार र शुक्रबार एकजना पनि आएनन् ।’

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top