शिक्षा

एसईई अनिश्चित कालको लागि स्थगित

चैत्र ५, 2076    बुटवल पोस्ट

५ चैत, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । परीक्षा सुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको  जानकारी दिए ।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै थिए ।

विश्वविद्यालयको परीक्षाबारे भोलि निर्णय

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ सहित विश्वविद्यालयले लिने परीक्षाबारे भने निर्णय भइसकेको छैन ।

यसमा विषयमा छलफलका गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका अधिकारीहरुलाई बुधबार मन्त्रालयमा बोलाएका छन् ।

छलफलपछि विद्यालयका परीक्षाहरु पनि स्थगित हुनसक्ने बताइएको छ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top