अर्थ/बजार

गुडविल फाइनान्सले सर्वसाधारणका लागि समेत ऋणपत्र निस्कासन गर्दै 

फागुन १९, 2076    बुटवल पोस्ट

काठमाडौं । गुडविल फाइनान्सले यहि फागुन २८ गतेबाट २५ करोड रुपैयाँ बराबरको २ लाख ५० हजार इकाइ ऋणपत्र निष्कासन गर्ने भएको छ । यसमध्ये १ लाख लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १२ प्रशिसत ब्याज पाइनेछ ।

कम्पनीले ७ वर्ष अवधिको ‘१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा बिक्री एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । यस फाइनान्सले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले मध्यम सुरक्षा जनाउने ‘इक्रा एनपी एलबीबी’ रेटिङ दिएको छ ।

लगानीकर्ताले चैत २ गतेसम्म आवेदन दिन पाउनेछन् । त्यस अवधिमा सबै ऋणपत्र बिक्री नभएमा चैत्र १२ गतेसम्म आवेदन दिन पाइनेछ । प्रतिइकाई १ हजार रुपैयाँका दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top