समाज

युवाहरुको अगुवाइमा बालबालिकालाई न्यानो स्वीटर बितरण

पौष १८, 2076    सुरज भट्टराई

देवदह : रुपन्देहीको देवदहमा समाजसेवी युवाहरुले देवदह माध्यमिक विद्यालयका ८० जना बालबालिकालाई न्यानो कपडा सहयोग गरेका छन्। सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दे आएका भट्टराई नास्ता पसलका प्रोपराईटर गोपाल भट्टराई को विशेष सहयोग लगाएत चन्द्रकान्त खरेल, अर्जुन गैरे, विवेक कार्की, दुर्गा भण्डारी, विमल पौडेल, अभिषेक तिवारी, सागर भट्टराई, दिपेश मल्ल, गोपाल पाण्डे, इन्दिरा अर्याल, सुरज पाण्डे, लक्ष्मी ले विभिन्न समुदायका बालबालिका ८० जना विद्यार्थीलाई न्यानो कपडा सुइटर वितरण गरेका हुन्।

पुसको महिनामा सामान्य कपडा लगाएर आएका विद्यार्थीलाई स्वीटर दिइएपछि विद्यार्थीहरु खुसी हुँदै प्रफुल्ल भए। विपन्न परिवारका बालबालिका पढ्ने उक्त विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ। बालबालिकाको शिक्षामा सहयोग गर्दै आएका भट्टराई नास्ता पसलका प्रोपराईटर गोपाल भट्टराईले पछिल्लो ३ बर्षदेखी शैक्षिक सहयोग गर्दै आएका छन्। मानवीय सेवालाई निरन्तरता दिन विद्यार्थीलाई सहयोग गरेको उनले बताए। उक्त मानवीय कार्यमा देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङ , देवदह नगरपालिका वडा नं ०७ को वडा अध्यक्ष पदम थापा , समाज सेवा समूह बुटवलका अध्यक्ष रवि रेग्मी, विधालयका प्र.अ केशव घिमिरे , शिक्षक- शिक्षिका, विद्यार्थी र पत्रकार सुरज भट्टराईको उपस्थिति रहेको थियो । देवदह माध्यमिक बिधालयका प्राध्यापक केशव घिमिरेले बिधालयका गरिब बालबालिका समक्ष प्रत्यक्ष रुपमा पुगेर सहयोग वितरण गरेर निकै प्रशंशनिय कार्य गरेको र बालबालिकालाई राहत हुने बताउनु भयो।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top