समाज

रोट्याक्ट क्लव सैनामैनाद्धारा शैक्षिक सामग्री वितरण 

पौष १८, 2076    बुटवल पोस्ट

सैनामैना, पौष १८ । सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था रोट्याक्ट क्लब अफ सैनामैनाले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले सैनामैना माविमा अध्ययनरत गरिव तथा असाहय विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरेको हो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा रोटरी क्लब अफ सैनामैना प्रेर्सिडेन्ट प्रेमकुमार शर्मा सागरले युवाह सक्रिय भई स्वार्थ भन्दा माथि सेवा भन्ने मान्यताका साथ सामाजिक कार्यमा लागेको प्रति खुशी ब्यक्त गर्नुभएको थियो । क्लवका अध्यक्ष ऋषिराम रिजालले गरिवीका कारण कोही पनि बालबच्चाले आफ्नो पढाई बिचैमा छोड्नुपर्ने परिस्थिति नआओस भनेर यो कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो । 
    
रोट्याक्ट क्लव अफ सैनामैनाका अध्यक्ष ऋषिराम रिजालको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना माविका ब्यबस्थापन समिति अध्यक्ष शिबलाल बस्याल, प्राचार्य नेत्रलाल पुरी, रोट्याक्ट क्लब अफ सैनामैनाका पुर्ब अध्यक्षहरु लगायतले शुभकामना ब्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन बन्दना न्यौपानेले गर्नुभएको थियो । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top