अर्थ/बजार

रुपन्देही उद्योग संघले मनायो आफ्नो स्थापना दिवस 

मंसिर १५, 2076    बालकृष्ण पाण्डे

बुटवल, मंसिर १५ । रुपन्देही उद्योग संघले आफ्नो ४२ औ स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी भब्य रुपमा मनाएको छ । 

स्थापना दिवसको अवसरमा उद्योगीहरुका बिचमा रक्तदान र्काक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा ५१ जना रक्तदाता सहभागी भएको जानकारी कार्यक्रम संयोजक यमलाल भट्टराईले गराउनु भएको छ । 

कार्यक्रममा औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुहुने कुशल पत्रकार नरेश के.सी.लाई नगद ३५ हजार सहित उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै लामो समयदेखि कार्यालय सचिवको रुपमा काम गर्नुभएका टिकाराम ढकाललाई सम्मान सहित बिदाई गरिएको थियो । 

त्यस्तै उद्योगमा काम गर्ने मजदुरका सामुदायिक विद्यालयमा अध्ययनरत २ जनालाई नगद १०/१० हजार सहित सम्पूर्ण शैक्षिक सामग्री वितरण गरिएको थियो भने वातावरण मैत्री विभिन्न विधाका ९ जना उद्योगीहरुलाई सम्मान समेत गरेको संघका सदस्य बसन्त ढकालले बताउनुभएको छ ।  

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातारण मन्त्री लिला गिरीले रुपन्देही उद्योग संघले धेरै नै महत्वपूर्ण र उदाहरणीय सामाजिक कामहरु गर्दै आइरहेको बताउनुभएको थियो । वहाँले उद्योग संघलाई हर प्रकारको सहयोग गर्न प्रदेश सरकार तप्पर रहेको समेत बताउनुभएको थियो । 

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा संघका संस्थापक सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, संघका पुर्व अध्यक्ष एवं गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष तथा सि.एन.आई. प्रदेश ५ संयोजक एजाज आलम, नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं संघका प्रेस सल्लाहकार दिनेश पाण्डे, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष, पुर्व अध्यक्ष महेन्द्र नारायण श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन संघका महासचिव जिवकान्त काफ्ले रहेको थियो भने स्वागत बरिष्ठ उपाध्यक्ष माधव पौडेल र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष दिलिप सापकोटाले गर्नुभएको थियो । 


 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top