खेलकुद

इन्टरनेशनल कम्व्याट : बुटवलका विकास श्रेष्ठलाई कास्य

मंसिर ८, 2076    बुटवल पोस्ट

बुटवल | भारतको नयाँदिल्लीमा नाेभेम्बर २२ देखि २४ सम्म भएको इन्टरनेशनल कम्व्याट खुल्ला टेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र २ कास्यपदक हात परेको छ ।

जनकराज गौतम र गगन गिरी, विकास श्रेष्ठ, शिवराज देवकोटा र विशाल साहले नेपाललाई २ स्वर्णसहित ६ पदक दिलाएका हुन् ।

नेपालका लागि ६० केजी तौल समूहबाट खेलेका जनकराज गौतमले १ स्वर्ण, १ रजत, यस्तै ५७ केजी तौल समूहमा खेलेका गगन गिरीले १ स्वर्ण, ५० केजी तौल समूहबाट खेलेका विकास श्रेष्ठले १ कास्य, ५५ केजी तौल समूहबाट खेलेका शिवराज देवकोटाले १ रजत र ७० तौल समूहबाट खेलेका विशाल साहले १ कास्य हात पारेका हुन् ।

प्रतियोगितामा नेपालको तर्फबाट नेपाल योङ्ग ब्रदर्श तेक्वान्दो टिमका अध्यक्ष जनकराज गौतमसहितको टिमले सहभागिता जनाएको थियो ।

खेलमा नेपाल, भारत, बंगलादेश, भूटान, अमेरिका, रुस, इटली, श्रीलंका, अस्टेलियालगायत १० देशका खेलाडि सहभागी थिए ।

 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top