राजनीति

‘काम गर्न हो भने नेपालले ५ वर्षमा भारत र १० वर्षमा चीनलाई भेट्टाउँछ’

कार्तिक ३०, 2076    बुटवल पोस्ट

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई टक्कर दिने बताएका छन्  ।

शनिबार राजधानीमा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको बताए । 

उनले जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउनुका साथै विगतमा बुद्ध र सगरमाथाको नाममा नाम कमाउने काम भएको बताए । 

जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँनुका साथै  ५ बर्ष सम्म राम्रोसंग काम गर्न सकेमा भारतलाई छने उनको दाबी छ । 

उनले भनेका छन्,१० बर्षमा चीनलाई छुन्छौ । हामी यही बाटोमा अघि बढेर समाजवाद निर्माण गरेर देखाउँछौ र संसारका सबैले नेपालमा आएर हेर्नेछन् कसरी समाजवाद निर्माण भयो भनेर । बुद्धको नाममा नाम कमाउने, सगरमाथाको नाममा नाम कमाउने काम जति भयो भयो तर अब समाजवाद निर्माण गरेर नाम कमाउने काम हामीले गर्नुपर्छ ।’

उनले मुलुकको विकास र रक्षा गर्ने जिम्मेवारी युवा शक्तिको काँधमा आएको भन्दै योगदानका लागि सधै तयार छु भन्ने भावना सबैमा जागृत हुनुपर्ने आवश्यकता औल्याए ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top