समाज

इन्सेक रुपन्देहीद्वारा मानब अधिकार समुह गठन

कार्तिक २२, 2076    बुटवल पोस्ट

बुटवल, २२ कात्तिक । अनौपचारिक सेवा केन्द्र इन्सेक रुपन्देहीले परियोजना परिचयात्मक तथा मानब अधिकार समुह गठन बैठक सम्पन्न गरेको छ ।

अनौपचारिक सेवा केन्द्र, इन्सेक रुपन्देहीले मानब अधिकारको संरक्षण सम्वद्धन गर्दै स्थानीय समुदायलाई सचेत र जबाफदेही बनाउने कार्यक्रम अन्तरगत परियोजना परिचयात्मक तथा मानब अधिकार समुह गठन कार्य सम्पन्न गरेको हो ।

स्थानीय स्तरमा जोखिममा परेका समुदाय महिला, बालबालिका, दलित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको पहुँचका लागि माग गर्न क्षमता अभिवृद्धि गर्ने काम इन्सेकले गदै आएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शुद्धोधन गाउपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले इन्सेकले बिगतदेखि नै मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण काम गदै आएकोमा धन्यबाद व्यतm गर्नुभयो । वहाँले जुन खालको शिक्षा स्वास्थ्य आबासका साथै पिछडिएका समुदायका क्षेत्रमा इन्सेकले महत्वपूर्ण काम गर्दै आएकोमा खुसी व्यतm गर्नुभयो ।  उपाध्यक्ष ज्ञवालीले आमागी दिनमा पनि यस्ता कामहरुलाई निरन्तरता दिई अगाडी बढाउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा शुद्धोधन गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सोमनाथ न्यापाने नेकपाका नेता नरबहादुर घर्ती, नेपाली कागे्रसका नेता शेरबहादुर काफले, खेलकुद बिकास समिति पाचँ न प्रदेश सदस्य किरण नेपाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जगत सापकोटाको नेतृत्वमा एघार सदस्य मानब अधिकार निगरानी समिति गठन गरेको छ । जसको सदस्यमा खेदु कोहार, दुर्गा खनाल, शम्भु चौधरी, शेर बहादुर क्षेत्री, प्रेम रोका, कपिल अर्याल, मोति थापा, नितु कार्की, उमाकान्त थारु, चौधरी प्रसाद यादब, हुमकुमारी अर्याल लगायत रहेका छन ।

कार्यक्रम वडा न ४ का कार्यबहाक अध्यक्ष हेमन थापाको अध्यक्षयता तथा इन्सेक रुपन्देहीका सहजकर्ता विष्णु घिमिरेको सन्चालनमा सम्पन भएको थियो ।


 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top