राजनीति

नेकपाद्धारा ७ जना प्रदेश प्रमुखको नाम सिफारिस

कार्तिक १८, 2076    बालकृष्ण पाण्डे

काठमाडौं, कार्तिक १८। सत्तारुढ दलल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

सोमबार अपरान्न बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । बैठकले अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको महासचिव विष्णु पौडेलले जानकारी गराउनुभयो । 

‘कुन प्रदेशका लागि के गर्ने भन्ने विषयमा सरकार र राष्ट्रपतिले निर्णय गर्नुहुन्छ,’ बहाँले भन्नुभयो ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top