राजनीति

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज हुँदै

कार्तिक १४, 2076    बुटवल पोस्ट

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार डिस्चार्ज गर्ने तयारी ग्राण्डी अस्पतालले गरेको छ।

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिए।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था पहिले पनि राम्रो थियो होमोडाइलाइसिसपछि झन् राम्रो भएको छ,’ पाण्डेले भने, ‘डायलासिसपछि प्रधानमन्त्री अहिले रेष्टमा हुनुहुन्छ, निन्द्राबाट ब्युँझिएपछि एकपटक डाक्टरहरूले हेरेपछि उहाँलाई  आजै ८-९ बजेसम्म डिस्चार्ज गर्छौं।’

उनले प्रधानमन्त्री पद सार्वजनिक भए पनि ओली एउटा व्यक्ति पनि भएकोले स्वास्थ्य अवस्था प्राइभेसी हुने तर्क गरे।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top