राजनीति

राष्ट्रपति भण्डारीद्वारा तिहार तथा नेपाल संवत ११४० काे शुभकामना

कार्तिक १२, 2076    बुटवल पोस्ट

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार तथा नेपाल संवतकाे नयाँ वर्ष ११४० काे पावनअवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना सहित   नेपाल संवतकाे नयाँ वर्ष ११४०ले नयाँ जोश, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भनि शुभकामना व्यक्त गर्नु भएकाे छ।

तिहार पर्वका अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको बताउन भएकाे छ ।

राष्ट्रपतिले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको सन्देशमा उल्लेख गरेकी छन्। तिहारमा देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ राष्ट्रपतिले तिहार पर्वको शुभकामना व्यक्त गर्नुभएकाे छ ।

साथै भण्डारीले नेपाल संवत्‌को नयाँ वर्ष ११४० का अवसरमा समेत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र    प्रगतिको कामना गर्नु भएकाे छ ।

राष्ट्रपति भण्डारीले नेपालको मौलिक संवत्‌को रुपमा रहेको नेपाल संवत्‌ले सबैमा सहिष्णुता, भ्रातृत्व र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको मंगलबार जारी शुभकामना सन्देशमा उल्लेख गर्नु भएकाे छ ।

 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top