समाज

पाँच करोडको जुवा खालबाट पूर्व गृहराज्यमन्त्री पक्राउ

कार्तिक 10, 2076    बुटवल पोस्ट

जुवा खेल्दै गरेको अवस्थामा पूर्व गृहराज्यमन्त्री इन्द्र बहादुर बानियाँ पक्राउ परेका छन् । प्रहरीले बाँनियाँसहित उनीसंगै तास खेलिरहेका २५ जना अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

महाराजगञ्जस्थित बिक्रम पौडेलको घरमा जुवा तासको ठूलो खेल चलिरहेको विशेष सुचनाको आधारमा उक्त स्थानमा प्रहरीले छापा मार्दा २ कारोड ६७ लाख नगद र ३ करोडको चेक सहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जानकारी गराएको छ । पक्राउ परेकालाई परिसरमा राखेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहारको समयमा हुने अपराधिक क्रियाकलाप कम गर्न नेपाल प्रहरीले न्युनिकरणको प्रयासमा लागेको जनाएको छ ।देउसीको नाममा हो–हल्ला गर्दे हिड्ने देखि जुवा तास खेल्ने सम्मलाई प्रहरीले पक्राउ गर्दे आएको बताएको छ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top