अर्थ/बजार

रुपन्देही उद्याेग संघकाे मत परिणाम सार्वजनिक ; अध्यक्षमा बाेहरा निर्विराेध,महासचिवमा काफ्ले निर्वाचित

कार्तिक १, 2076    मणिरत्न भण्डारी

रुपन्देही उद्योग संघको २१ औं अधिबेशनको मत परिणाम सार्वजनिक भएको छ । संघको अध्यक्षमा बाबुराम बोहोरा यसअघि नै निर्बिरोध निर्वाचित भैसकेका छन् । मतपरिणाम अनुसार महासचिवमा जिवकान्त काफ्ले , कोषध्यक्षमा हरि बहादुर खत्री ,सचिव पदमा हिरामणी भट्टराई , महिला सचिवमा माया खनाल र सह कोषध्यक्षमा गिरीराज गैरे निर्वाचीत भएका छन् ।त्यसैगरी संघको महिला सदस्यहरुमा मञ्जु भुसाल,रमा पौडेल पराजुली निर्वाचीत भएका छन् । सिनपा क्षेत्र सदस्यमा यादव गैरे निर्वाचीत भएका छन भने योगिकुटी–पडसरी क्षेत्रबाट ऋषिराम भण्डारी र बिशाल बेल्बासे निर्वाचीत भएका छन् ।त्यसैगरी पश्चिम क्षेत्र सदस्यमा यमलाल भट्टराई र खड्क बहादुर कुँवर निर्वाचीत भएका छन भने पूर्व क्षेत्र सदस्यमा रमेशचन्द्र रेग्मी निर्वाचीत भएका छन् ।त्यसैगरी खुल्ला सदस्य तर्फ सरला भण्डारी,माधव प्रसाद नेपाल,सुरेन्द्र ज्ञवाली,सन्दिप सापकोटा,नारायण पाठक,युवराज आचार्य, प्रेम बहादुर आले,लाल बहादुर थापा,बसन्त ढकाल निर्वाचीत भएको निर्वाचन समितिले जनाएको छ ।अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्धितिय उपाध्यक्ष सहितका केहि पदमा भने निर्बिरोध भएको थियो ।भने बाँकी पदहरुमा मात्र निर्वाचन भएकाे थियाे ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top