राजनीति

मुख्यमन्त्रीद्धारा संविधान दिवसको अवसरमा शुभकामना सन्देश 

असोज ३, 2076    बुटवल पोस्ट

बुटवल, असोज ३ । प्रदेश सरकार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विज्ञप्ति मार्फत संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । 

विज्ञप्तिमा नेपाली जनताको एकताबद्ध र लामो संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ नागरिकका छोराछोरीले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको बताउनु भएको छ । वहाँले नयाँ संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको हुँदा   संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको बताउनु भएको छ । 

विज्ञप्तिमा ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेको बताइएको छ । राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा संभव भएको हुँदा राजनीतिक स्थायित्व र सुशासन विना विकास र समृद्धिको कल्पना गर्न नसकिने मुख्यमन्त्री पोखरेलले बताउनुभएको छ । राज्य वलियो नभई जनअधिकारले सुसज्जित संविधानले प्रत्याभूत गरेका मौलिक हकहरुको संरक्षण हुन नसक्ने हुँदा आजको दिनले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता  र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना समेत ब्यक्त गर्नुभएको छ । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top