समाज

सह–संयोजक भरत पौडेलको अध्यक्षतामा दारी ग्याङ्ग बुटवलको निशुल्क रक्त समुह परिक्षण

भाद्र २७, 2076    बुटवल पोस्ट

भदौ, बुटवल । सहि राख सोच मन भित्र, दारी पाल्दैमा हुदैन खराब चरित्र,

दारी ग्याङ्ग बुटवलकोे आयोजनामा बिहिबार निशुल्क रक्त समुह परिक्षण कार्यक्रम सम्पन्न भएको छ । समुहले प्रथम पटक रक्त समुह परिक्षण कार्यक्रम गरेको हो ।

दारी ग्याङ्ग बुटवलका सह–संयोजक भरत पौडेलको अध्यक्षतामा रहेको कार्यक्रममा, दारी ग्याङ्ग धनगढीका संयोजक दिनेश बोहराको प्रमुख आतिथ्यता रहेको थियो ।

कुमार क्षेत्रीको संयोजकमा कार्यक्रमको सञ्चालन योगेश पराजुलीले गरेका थिए । रक्त समुह परिक्षणमा ४८ जना सहभागीहरु रहेका कार्यक्रममा ल्याब परिक्षण अभिजित भट्टराईले गरेका थिए  ।

कार्यक्रमका अध्यक्ष भरत पौडेलले यस कार्येक्रमलाइ गहन पूर्ण साथ दिनुहुने संस्था साथ र समय Togetherness र Fresh Blood Donor Finder लाइ धन्यवाद दिदै

"विरामीको जादैन ज्यान हामि गछौ रक्तदान" जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top