समाज

सैनामैना उद्योग वाणिज्य संघकाे स्थापना दिवसमा स्वागत तथा सम्मान

भाद्र २३, 2076    अमृत गिरी


भदौ २३ सैनामैना ।
सैनामैना उद्योग वाणिज्य संघले आफ्नो छैँठौ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । आज एक कार्यक्रमको आयोजना गरी संघले ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियामा प्रहरी निरिक्षकको रुपमा आउनुभएका मनोज कुमार श्रेष्ठलाई स्वागत तथा २०७५ सालको एसईई को नतिजामा सैनामैनाका सामुदायिक र संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद तथा प्रशंसा पत्रले सम्मान गर्दै स्थापना दिवस मनाएको हो ।
सम्मानित हुनेमा सामुदायिक विद्यालयतर्फ पशुपति मा.वि सालझण्डीका सिजन भुसाल,अस्मिता गौतम,जनकल्याण माविका विशाल कण्डेल रहेका छन् । यसैगरी संस्थागत विद्यालयतर्फ सुनगाभा पब्लिक माविकी विनिता कार्की,प्रभात आवसीय माविका अनिसा चालिसे,अर्पण न्यौपाने,विशाल चापागाई,आकाश न्यौपाने र सिद्धार्थ मेमोरियल एकेडेमीका आनन्द प्रताप सिंह रहेका छन् । संस्थाका अध्यक्ष राजबहादुर क्षेत्रीले विद्यार्थी र अभिभावकलाईसँगै राखेर विद्यार्थीको मनोबल उच्च राख्नको लागि सम्मान कार्यक्रम गरिएको बताउँनुभयो ।
सैनामैना नगरपालिका वडा नं ३ का वडाध्यक्ष रत्न बहादुर पौडेलले सैनामैना उद्योग वाणिज्य संघले नवआगन्तुक प्रहरी निरिक्षकलाई स्वागत गर्नुका साथै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई  सम्मान गरेर विद्यार्थीको मनोबल र हौसला बढाउनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीको रूचि र चाहनाअनुसार पठनपाठनको व्यवस्था मिलाउन अविभावकले पनि सहयोग गर्नुपर्नेमा जोड दिँदै स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । नगरका प्रबक्ता समेत रहनुभएका पौडेलले घरमा पढ्ने वातावरणको समेत सिर्जना गर्न अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
इप्रका रन्यौरा प्रमुख मनोज कुमार श्रेष्ठले नगर भित्र रहेका विभिन्न उद्योगी व्यवसायी सँगै हरेक संघ संस्था संग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । साथै उहाँले उद्योगी व्यवसायी सँगै स्थानियकोे सुरक्षामा आफु कटिबद्ध रहेको समेत उल्लेख गर्नुभयो । कार्यक्रममा संघका सल्लाहकार कृष्ण पंगेनी,प्रेस सल्लाहकार अमृत गिरी,विद्यालयको तर्फबाट प्रभात आवसीय माविका प्राचार्य अनन्त राम शर्मा लगायतले बोल्दै शैक्षिक हवको रुपमा विकाश हुँदै गरेको नगरलाई उद्योग संघले सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै यो कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रम संघका अध्यक्ष राजबहादुर क्षेत्रीको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष प्रेम बहादुर खड्काको स्वागत तथा महासचिव दिपक अधिकारीको संचालनमा सम्पन्न भएको हो ।
यसैबिच संघले आज नै सैनामैना ८ रामापुरमा रहेको सुस्त मनस्थिती बाल विद्या मन्दिरमा साईकल तथा बस्ने बेच्ने हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष राजबहादुर क्षेत्री,नेकपा सैनामैनाका अध्यक्ष चेत नारायण न्यौपाने, संघका पदाधिकारी लगायतको सहभागिता रहेको कार्यक्रमको संयोजन ऋषिराम पाण्डेले गर्नुभएको थियो ।  ----------

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top