अर्थ/बजार

व्यवसायीलाई करबारे सिकाउँदै सैनामैना व्यापार संघ

भाद्र २३, 2076    अमृत गिरी


मुर्गिया, २३ भदौं ।
सैनामैना व्यापार संघले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा संघमा अवद्ध सदस्यहरुलाई आज कर सम्बन्धि प्रशिक्षण दिईएको छ  । व्यापार व्यवासय संचालन गर्न सहाज होस् भन्ने उद्देश्यले अन्तर्क्रृया कार्यक्रम गरि कर सम्बन्धि प्रशिक्षण दिईएको हो । संस्था तथा ब्यापार ब्यवासाय संचालन गर्दा हुन सक्ने झन्झट, राज्यलाई बुझाउनु पर्ने कर समयामा नतिर्दा, नविकरण नगर्दा हुने हर्जानाबाट कसरी बच्ने नयाँ ब्यवसय कसरी संचालन गर्ने, ब्यवसाय संचालन बन्द कसरी गर्ने निति नियम लगायत विषयमा कार्यक्रममा जानकारी गराईएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले राज्यलाई कर तिर्नु नागरिकको कार्यतब्य भएको बताउनु भयो । उहाँले भन्नु भयो “जुन देशका नगरिकहरु आफै बुझेर कर तिरेका छन् त्यो देश समृद्ध भएर गएको छ । सो कुरामा हामी पनि आफ्नो ठाउँको विकासका लागि कर तिर्ने बानि बसाल्न जरुरी छ । ” 
“हामीले सैनामैना नगरमा अनवाश्यक कर लगाएका छैनौं, कर भनेको नगरिकले तिर्न सक्ने मात्र लागउनु पर्दछ , हामीले सो कुरा बुझेका छौं । पुरानो कर प्रकृयालाई निरन्तरता दिएका छौं  र यस क्षेत्रको संघसस्था बुद्धिजिविहरु संगको छलफलबाट मात्र केहिमा हेरफेर गरेर कर लगाएका छौं । ” उहांले भन्नु भयो ।  कर तिर्ने सवलमा राज्य पक्ष र प्रतिपक्ष भन्ने सवल हुदैन यसको महत्व दिएर सबैले कर तिर्नु पर्ने कुरामा नगर प्रमुख कार्कीले जोड दिनु भयो । 

नेकपा सैनामैना नगर इन्चार्ज खुसिराम चौधरीले करका विसयमा नागरिकलाई प्रशिक्षण दिईनु अति राम्रो भएकोले यसको निरन्तरता अवाश्यक रहेको बताउनु भयो । 
नेपाली कांग्रेस सैनामैना नगर सभापति राम प्रसाद अधिकारीले करको सवालमा सानालाई ऐन ठुलालाई चैन गर्न नहुने र ब्यवासाय गर्ने बाताबारण बनाउनु पर्ने कुरामा जोड दिनुभयो । कर तिर्ने नगरिकलाई अनवश्यक कार्यालयमा दुःख दिने काम बन्द गरिनु पर्ने र करदातालाई सहज ढंगबाट रकम तिर्ने बातावरण बनाउनु पर्ने अधिकारीको भनाई थियो ।  
कार्यक्रममा सैनामैना उधोग बाणिजय संघका अध्यक्ष राज बहादुर क्षेत्री, सैनामैना ब्यपार संघका अध्यक्ष जिवनाथ पाण्डे, संघका बरिष्ठ उपाध्यक्ष दिपक चालिसे, सघका महासचिव देवराज पौडेल लागयत सहभगीहरुले राज्यलाई आफुहरुले कर तिर्न खुसि भएको तर राज्यले ब्यवसयीलाई दिनुपर्ने सुविधाहरु समयमा दिनुपर्ने बताएका थिए ।  
सो कार्यक्रममा बाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका प्रमुख रुद्र प्रसाद ज्ञवाली, राजश्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत शुशिल पनेरु र आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत पवित्रा बंजाडेले सहजीकरण गर्नु भएको थियो ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top