मनोरञ्जन

सिर्जना श्रेष्ठ भइन तिज क्वुइन देवदहको विजेता  

भाद्र 10, 2076    सुरज भट्टराई

देवदह, भदौ १० ।  रुपन्देहीको देवदहमा सञ्चालन भएको “तिज क्वुइन देवदह–२०७६’’ सिजन–२ को विजेता सिर्जना श्रेष्ठ हुन सफल भएकी छन् । 

प्रतियोगितामा देवदह नगरपालिका वडा नं. ५ निवासी सृजना श्रेष्ठले आठ जना प्रतिस्पर्धीलाई पछि पार्दै तिज कुईन देवदह २०७६ को सौन्दर्य प्रतियोगिताको ताज सहित पब्लिक च्वाइस अवार्ड र नगद रु.१० हजार  हात पार्न सफल भएकी हुन् । 

मञ्जरी ग्रुप प्रा.लि.ले देवदहमा करिव २० दिन अघि देखि सञ्चालन गरिरहेको तिज क्वुइन देवदह प्रतियोगिताको समापन सोमबार खैरेनी स्थित होटल ओम दर्शनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा देवदह नगरपालिका उप–प्रमुख विद्यालक्ष्मी गुरुङ्गले मोडलिङमा रमाउदै यसैमा आफ्नो भविश्य खोज्ने युवतीहरूको प्रतिभालाई सम्मान गर्नुभएको थियो । वहाँले नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बन्न अपिल गर्नुभएको थियो । 

प्रतियोगितामा सुस्मिता पौडेलले फस्ट रनरपको ताज र बेस्ट प्रश्नालिटी अवार्ड सहित नगद रु.७ हजार, रन्जना श्रेष्ठले सेकेण्ड रनरपको ताज र वेस्ट फोटोजेनिक अवार्ड सहित नगद रु. ५ हजार तथा केजिना श्रेष्ठले बेस्ट वाक अवार्ड सहित  थर्ड रनरप भएकी थिइन ।

प्रतियोगितामा मिस ट्यालेन्ट अवार्ड गिता भुर्तेल, मोस्ट भिवर च्वाइस अवार्ड उमा घिमिरे, मोस्ट एक्टिभ अवार्ड  इन्दु अधिकारी र वेस्ट ड्रेस अवार्ड पुर्णिमा गुरुङले जितेकी थिइन ।

कार्यक्रममा मिस नेपाल २००० को विजेता उषा खड्की प्रमुख निर्णायकको भूमिका रहेकी थिइन भने अन्य निर्णयकतर्फ फेसन डिजाइनमा रविन परियार, प्रोफेसर निर्णायक लता खड्का, कार्यक्रम आयोजकतर्फको निर्णायक प्रकाश कुँवर, मोडेलतर्फ दिपा पाठकले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

ग्रुपको अध्यक्ष विशाल अच आलेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह प्रहरी चौकी ईन्चार्ज  भरत महत, देवदह नगरपालिका वडा नं.–६ को वडा अध्यक्ष दामोदर क्षेत्री, देवदह–४ का वडा अध्यक्ष दिपक चापागाईं, न्यायक समिति सदस्य तथा देवदह–९ का वडा सदस्य खैराज शर्मा, देवदह खानेपानी संस्थाको अध्यक्ष गुमानसिंह केसी, देवदह–७ को वडा सदस्य सरस्वती पोखरेल, स्थानीय पत्रकार सुरज भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन तिज क्वुइन देवदह–२०७५’ सिजन–१ को विजेता कमला अर्यालले गरेकी थिइन । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top