शिक्षा

बुटवल प्याब्सनद्वारा अायाेजित वादविवाद प्रतियाेगिता सम्पन्न

भाद्र ६, 2076    बुटवल पोस्ट

बुटवल प्याब्सनकाे अायाेजनामा अाज महिला हिंसा न्युनीकरणका लागि महिला शसक्तीकरण वा शुन्यसहनशीलता विषयक वादविवाद प्रतियाेगिता सम्पन्न भएकाे छ । कार्यक्रममा विभिन्न विद्यालयका १३ विद्यालयका विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे । उक्त कार्यक्रम प्याब्सन बुटवलका अध्यक्ष कुलराज शर्माका अध्यक्षता,  बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालकाे प्रमुख अातिथ्यता साथै प्याब्सन केन्द्रिय प्राज्ञिक सल्लाहकार लाेकनाथ उपाध्याय लगायतकाे उपस्थितिमा सम्पन्न भएकाे थियाे भने स्वागत मन्तव्य उपाध्यक्ष कुलानन्द पाण्डे र कार्यक्रमकाे अाैचित्य बारेमा  कार्यक्रम संयाेजक मणिरत्न भण्डारीले भनाई राख्नु भएकाे थियाे ।कार्यक्रमकाे संचालन सचिव मित्रहरि न्याैपानेले गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा प्रथम दीप बाेर्डिङ ई स्कुल , द्वितीय न्यु हाेराईजन ई बाे स्कुल  , तृतीय एभरेष्ट ई बाे स्कुल  र सान्त्वना गणेश ज्ञान ज्याेती पब्लिक स्कुलका छात्र-छात्रा भएका थिए । विजेता छात्र-छात्राहरुलाई कप मेडल तथा प्रमाणपत्र वितरण गरिएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथिले निजी क्षेत्रकाे शिक्षामा भएकाे याेगदानकाे चर्चा र विद्यार्थीहरुमा थप अन्तरनिहित प्रतिभाहरु प्रस्फुटन गर्न संस्था लागिरहाेस् भन्ने शुभकामना  व्यक्त गर्नु भएकाे थियाे ।साथै साेहि कार्यक्रममा ५ नं प्रदेशका अभिभावक संघका अध्यक्ष हेम बहादुर थापाले पनि अाफ्ना धारणा राख्नु भएकाे थियाे ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top