ग्लोबल

टेक्ससको एक व्यापारिक केन्द्रमा भएको गोली काण्डमा २० जनाको मृत्यु; २६ जना घाइते

साउन १९, 2076    बुटवल पोस्ट

टेक्सस, अमेरिका साउन १९ गते । अमेरिकाको टेक्ससको एक व्यापारिक केन्द्रमा भएको गोली काण्डमा २० जनाको मृत्यु भएको छ । 
साथै सो घटनामा २६ जना घाइते भएको प्रहरीले जनाएको छ । 
दिउँसो धेरै मानिस बजारका लागि निस्कने समयमा व्यापारिक केन्द्रमा सो घटना भएको थियो । सो गोली काण्डमा प्रहरीले डलासको काँठ क्षेत्र भनिनि एलिनका बासिन्दा एक २१ वर्षीय युवकलाई पक्राउ गर्न सफल भएको छ । 
गोली प्रहार शुरु भएको केही मिनेटमा नै प्रहरी उक्त घटना स्थलमा पुगेको र युवकलाई पक्राउ गर्न सफल भएको थियो । मृत्यु हुनेमा तीन मेक्सिकन रहेका छन् । 
अमेरिकामा आम मानिसले बन्दुक राख्न पाउने व्यबस्थाका कारणा यस्ता घटना धेरै हुने गरेकाे छ । सीएनएन 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top