मनोरञ्जन

पुर्खे बा को सार्वजनिक भयो यथार्थ परक तीज गित 

साउन १८, 2076    बालकृष्ण पाण्डे

बुटवल, श्रावण १८ । जनताको सुख, दुख र यथार्थलाई ब्यांगात्मक शैलीमा प्रस्तुत गर्ने चर्चित कलाकार पुरुषोत्तम भण्डारीको नयाँ तिज गित सार्वजनिक भएको छ । पुरानो भाकालाई टपक्क टिपेर तिवारी आमा भनेर चिनिने लक्ष्मी तिवारीसँग संयुक्त स्वरमा भण्डारीको तिज गित पानी मरुवा सार्वजनिक भएको हो । 

तिजका नाममा रत्यौली र छाडा गितहरु आए भन्ने आरोप लागिरहेका बेला पुर्खे वा अर्थात पुरुषोत्तम भण्डारीको समाजको यथार्थ चित्रण गरिएको मौलिक तिज गित सार्वजनिक भएको हो । 

गायक भण्डारीको आफ्नै शब्द र संगित रहेको गितमा गायक गायिक सुकदेव अधिकारी र सपना गाहाले साथ दिएका छन् भने संगित संयोजन कृष्ण भान्जाले गरेका छन् । 

तीज पर्वलाई महिलाहरुले महान चाडका रुपमा लिने गर्दछन् । तिजका विहे भएर टाढा टाढा गएका दिदी बहिनीहरु आफ्नो जन्मघरमा आउने, गित गाउने, रमाइलो गर्ने विभिन्न परिकारका खानेकुराहरु खाने प्रचलन नेपालको अधिकांश ठाउँहरुमा रहेको छ । पुरानो रितिरिवाजलाई समेटेर घरमा बाउँआमा एक्लो हुँदाको पिडा पोखिएको यो गित मालश्री स्टडियोमा रेकर्ड भएको गितको भिडियो पनि उत्कृष्ट बनेको छ । 

पाल्पा, गुल्मी र स्याङ्गजा लगायत पश्चिम नेपालमा एकदमै चलेको भाका पुरानो भाकामा जितमा कुने पनि छोरीहरु आउन नपाएको गुनासो र पिडा समेटिएको छ । रामु चापागाई निर्माता रहेको भिडियोको छायांकन बिजय पोखरेलले गरेका छन् । गायक भण्डारीकै निर्देशनमा रहेको भिडियो नविन घर्ति मगरले सम्पादन गरेका हुन् । 

भिडियोमा गायक भण्डारी र गायिका तिवारीका अलवा यमलाल पाण्डे, अस्मी गौतम, भोजलाल पाण्डे र मधु पाण्डेको पनि अभिमत रहेको छ । 

गुल्मी जिल्लामा स्थायी घर भएका कलाकार भण्डारी उच्च शिक्षा अध्ययनका शिलशिलामा बुटवलमा आई राममणी बहुमुखी क्याम्पसमा अध्ययन गरेका थिए । उनी विद्यार्थी संगठन अनेरास्ववियुमा संगठित भई क्याम्पस कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै लुम्बिनी अञ्चल कमिटी सदस्यसम्म आफ्नो जिम्मेवारी निभएका थिए । 

यस गितले जति धेरै छोराछोरी भएपनि बुढेसकालमा एक्लो भएर बस्नुपर्ने बाध्यतालाई उजागरण गरेको छ । भने छोराछोरीहरु जहाँसकै भएपनि चाडपर्वहरुमा आफ्ना बाबुआमासँगै मनाउन पर्छ भन्ने सन्देश दिएको छ । 
https://www.youtube.com/watch?time_continue=13&v=Bs0G6_u0aLA

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top