मनोरञ्जन

यमुना अर्यालको स्वरमा सजिएको तीज गीत ” बुट्टे फरिया ” ( भिडियो सहित )

साउन ११, 2076    बुटवल पोस्ट

 ''बुट्टे फरिया'' भिडियो  हेर्नुहोस:https://youtu.be/6wcBS8uDNE8

हिन्दुहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ।यहीँ तीजको अवसरमा पछिल्लो समयमा तीज गीतहरु बजारमा दिनानुदिन सार्वजनिक भईरहेका छन।चर्चाका हिसाबले कुनै भाका लोकप्रिय छन भने कुनै गीत यसै हराउँदै गएका पनि छन।मौलिकतामा आधारित रहेका गीतलाई सबै जनाले मन पराउदै आएको पाइन्छ ।यस्ता गीतहरु बजारमा आएपछि चर्चित बनि रहेका हुन्छन् ।

त्यसैगरी यस वर्षको लागि अकला देवी म्युजिक प्रा.ल.बाट सुनिल घिमिरे क्षेत्रीको तीजको कोसेली ” बुट्टे फरिया “आएको तीज गीतले बिस्तारै चर्चा बटुल्दै छ। यस गीतमा सुनिल घिमिरे क्षेत्री र यमुना अर्यालको स्वर रहेको छ। सुनिता सुनुवारले शब्द सिर्जना गर्नु भएको गीतमा यज्ञ सापकोटाले लय सिर्जना गर्नु भएको छ ।

मदन खड्काको निर्देशन रहेकोे यस तीज गीतमा मदन खड्का र रीना थापाले उत्कृष्ट अभिनय गर्नु भएको छ।यमुना अर्यालले हरेक वर्षको तीज तीजमा आफ्नो स्वर दिदै आएकी छिन।यतिबेला उनको स्वरको चारैतिर चर्चा रहेको पाइन्छ ।यस तीज गीतको अझै सफलताको लागि हार्दिक शुभकामना छ।

 

 

 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top