अर्थ/बजार

सैनामैना महोत्सव पुसमा हुने : पुस २४देखि माघ ६ सम्म पर्रोहा खेलमैदानमा चल्ने

साउन ३, 2076    अमृत गिरी

बुटवल, साउन ३ । चौथो सैनामैनामा महोत्सवको मिति तय भएको छ । सैनामैना उद्योग वाणिज्य संघले आगामी पुस २४ देखि माघ ६ गतेसम्म सैनामैना कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव-२०७६ सञ्चालन गर्ने भएको छ ।                      उद्योग वाणिज्य संघ सैनामैनाको हालै सम्पन्न १३ औं बोर्ड बैठकले महोत्सवको मिति तय गरेको संघका महासचिव दीपक अधिकारीले जानकारी दिनुभयो ।                           संघका अध्यक्ष राजबहादुर क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले यसपालिको महोत्सव विशेष बनाउने निर्णय गरेको छ ।                              सैनामैनाको समृद्धिका लागि निजी क्षेत्रको भूमिकालाई अझ अपरिहार्य र महत्त्वपूर्ण बनाउने एउटा माध्यमका रुपमा महोत्सव पनि रहेको संघको ठहर छ ।                                       महोत्सवले सैनामैनाको ऐतिहासिक पक्षलाई उजागार गर्ने, नयाँ पर्यटकीय  गन्तव्यको विकास र प्रबर्द्धन गर्दै लगानी आकर्षण गर्न सहयोग पुग्ने अध्यक्ष क्षेत्रीले बताउनुभयो ।  सबै क्षेत्रको सहकार्यबाट यहाँका सम्भावनालाई साकर पार्दै औद्योगिक वातावरण बनाउनेतर्फ महोत्सवलाई लक्षित गरिने अध्यक्ष क्षेत्रीको भनाइ छ ।   महोत्सवको थप तयारीका लागि छिट्टै बैठक बसेर जिम्मेवारी बाँडफाँडलगायतका कामहरू गरिने संघका उपाध्यक्ष रिमबहादुर श्रेष्ठले बताउनुभयो ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top