ग्लोबल

अमेरिकाको भर्जिनियामा गोलीकाण्डमा ११ जनाकाे मृत्यु

जेठ १८, 2076    बुटवल पोस्ट

संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा ११ जना मारिएका छन्।

घटनामा अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार सन्दिग्ध व्यक्ति भर्जिनिया बीच सिटीका कर्मचारी हुन् र उनले सरकारी भवनमा 'अन्धाधुन्ध' गोली चलाउन थालेका थिए। 

गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ।

सन्दिग्ध व्यक्तिको पहिचान खुलाइसकिएको छैन। घटनामा एकजना प्रहरी पनि घाइते भएका छन्।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top