राजनीति

पराजयको कुण्ठा पालेर विकासे काममा अवरोध

जेठ १४, 2076    बुटवल पोस्ट

डी.आर.घिमिरे
 बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्रको शिलान्यास गरेर नेकपाका महासचिव, यस क्षेत्रका सांसद एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै अपराध गरेका थिएनन् । गरेका थिए त यस क्षेत्रका ब्यवसायी, उद्योगी र विविध पेशाका ब्यक्तिको चाहनालाई मूर्त रुप दिँदै थिए । उनकै सक्रियतामा वन्न लागेको यो केन्द्रको शिलान्यास हुनु उनकै लागि पनि खुशीको कुरा हो । यसले सवैमा एक प्रकारको उत्साह ल्याएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्र वन्दा यो क्षेत्रकै लागि गर्वको विषय वन्छ । वनेको छ ।
तर, नेपाली कांग्रेसवाट नगरप्रमुखमा पराजित खेलराज पाण्डेले त्यस दिन जग हसाई गरे । अर्थात् शिलान्यास गर्न आएका यसै क्षेत्रका जनप्रतिनिधि पौडेलविरुद्व प्रचा छरेर दरिद्रता प्रदर्शन गरे । घटना भएको पाँच मिनेटमै केही अनलाइनमा समाचार प्रकाशन गरेर शेयर पनि गरे । पहिला त लाग्यो यो काम उनले नभएर अरु कसैले गरे होलान् । किनकि उनका लागि यो त्यति सुहाउँदो काम थिएन । विडम्वना उनलेनै पर्चा छरे कि छरेनन् भनेर प्रश्न उठाउने ठाउँ पनि दिएनन् उनले । किनकि समाचारमा सगौरव भनियो–पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब तीन सय पर्चा छरियो । त्यस काममा नेपाल तरुण दलका पूर्व केन्द्रिय सचिव चिरञ्जिवी जोशी र काँग्रेसको प्रशिक्षण बिभागका सदस्य मदन कट्टेल समेत रहेछन् । कट्टेल बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक पनि हुन् । अर्थात् पाण्डेले एउटा क्रान्तिकारी (?) ले गर्ने काम गरे । त्यसोत उनले कालो झण्डा देखाउनका लागि पनि विद्यार्थी परिचालन गर्न खोेजेका रहेछन् । विडम्वना कोही पनि तयार भएनछन् । अर्थात् विद्यार्थीले जति परिपक्कता पनि देखाउन सकेनन् पाण्डेले । शायद पर्चा छर्न पनि अरु कोही तयार नभए पछि उनी आफै लागेको हुनुपर्छ । 
पाण्डे कार्यक्रममा अतिथिको रुपमा वोलाइएका ब्यक्ति हुन् । उद्घोषकले मञ्चमा पनि वोलाए । उनी गएनन् । लज्जावोध भए होला । पर्चा छर्नुको सट्टा उनी मञ्चमा गएर कुटनीतिक रुपले वोलेको भए अझ प्रभावकारी हुने थियो । राजनीतिक सस्कार हुन्थ्यो । उनी नेताको रुपमा स्थापित हुन्थे । निर्वाचनमा जय पराजय हुनु सामान्य प्रक्रियाको कुरा हो । पाण्डेले लोकतान्त्रिक विचारलाई आत्मसात गरेकोले त्यति वढी आक्रोस हुनु पर्ने हैन । विडम्वना उनीजस्तो ब्यक्तिले अराजनीतिक चरित्र प्रदर्शन गरे । यस्तो चरित्रले वहुलवादको विकास हुन सक्दैन । भन्न त उनले भन्लान् भ्रष्टाचारको विरोध गरेको हूँ । तर, पाण्डे संविधान र नियम–कानुन मान्ने ब्यक्ति भएकोले कानुनी रुपमा प्रमाणित नभएको विषयमा प्रचा छर्दै हिड्नु विप्लवका लागि त सुहाउला उनलाई सुहाउँदैन । 
अनलाइनको समाचारलाई विश्वास गर्ने हो भने निर्वाचनअघि नै सो प्रदर्शनी केन्द्रको नक्सा तयार भएको र बुटवल नगरको सर्वदलीय बैठकबाट पारित भइसकेको थियो । यसो भए के एक अरवको यो आयोजना उपमहानगरपालिकाको हो ? तथ्यले भन्छ  हैन । उपमहानगरले यो गर्न संभव पनि छैन । यो त संघीय सरकारको आयोजना हो । यो आयोजनाका लागि पौडेलले धेरै पापड वेलेका छन् । शायद यही कारणले हुनुपर्छ शहरी विकास तथा भवन निर्माण विभागले यो कार्यक्रमको आयोजना गरेको थियो । उसो भए के खेलराजले यति कुरा पनि थाहा पाएनन् ? यसो भन्दा पनि उनको अवमूल्यन हुने हो कि ?
कम्तिमा उनले यति त बुझ्नु पर्दथ्यो कि हरेक आयोजनाको शिलान्यास वा उद्घाटन गर्दा जो सत्तामा हुन्छ प्रायः उसैले गर्छ । यसमा पनि यो आयोजनाको मूल नाइके विष्णुप्रसाद पौडेलनै हुन् । यसो भन्नका लागि उनलाई प्रशंसा गर्नुपर्दैन, आलोचना गरेर भन्दा पनि हुन्थ्यो । आलोचना कसरी भने संघीयता नआउँदै र बुटवल प्रदेशको अस्थायी राजधानी नवन्दै किन यसका लागि वजेट विनियोजन गरेको ? वरु यो वजेट मुलुकको समानुपातिक विकासका लागि कर्णालीतिर पठाएको भए हुन्थ्यो । ब्यर्थमा वजेट दुरुपयोग गरे पौडेलले । यसो भनेको भए कम्तिमा पाण्डेलाई समानुपातिक विकासका पक्षपाती (?) भन्न सकिन्थ्यो ।
निश्चयनै बुटवल मण्डपमा स्थायी प्रकृतिको प्रदर्शनी केन्द्र वनाउने कुरा ब्यवसायीले उठाउँदै आएका थिए । तर, अहिले जुन प्रकारको अत्याधुनिक वन्दैछ त्यो विष्णु पौडेलकै अवधारणा अनुरुप वन्दैछ भन्ने कुरामा स्वयं पाण्डेको आत्माले पनि स्वीकारेको छ । उनी शक्तिमा पुगेपछिनै हो रुपन्देहीमा ठूला परियोजना वन्न थालेको । त्यसमा पनि अर्थमन्त्री भएपछि यो जिल्लाको मुहारमा आमूल परिवर्तन हुन थालेको छ । कम्तिमा यति भन्न र देख्नका लागि कम्युनिष्ट आँखा हुनु पर्दैन । चुनावमा आ–आफ्नो आस्था अनुसार भोट हाल्ने हो । तर्क र तथ्यमा टेकेर प्रचारवाजी गर्ने काम स्वभाविक हुन्छ । तर अहिले चुनाव आएको छैन । यस्तो वेलामा प्रतिशोध साँध्नु वेतुकको कुरा हो । विष्णु पौडेल त्यस्ता ब्यक्ति हुन् जसले एक पटक हैन पटक पटक आफू एउटा पार्टीवाट निर्वाचित भएपनि सवैको साझा प्रतिनिधि हूँ र विना भेदभाव काम गर्नेछु भनेर प्रतिवद्वता ब्यक्त गरिरहन्छन् ।
विष्णु पौडेलले गर्ने यो क्षेत्रको विकासवाट यस क्षेत्रका सवैले लाभ प्राप्त गर्ने हुन् । अमूक पार्टीको भनेर लाभवाट कोही वञ्चित हुँदैन । कुरा यति हो कि उनले जीवनपर्यन्त आफूले गरेका कामको वजारीकरण गरिरहलान् । पार्टीले पनि त्यसै गर्ला । तर, यसकै आधारमा आत्तिइ हाल्नु पर्दैन । अन्तिम न्यायाधीस जनता हुन् । जनताले यथोचित् निर्णय गर्छन् ।
दलीय विरोध केवल आत्मरतिका लागि मात्र हुनुहुन्न । कहिलेकाँही यसले दीर्घकालिन असर पार्न सक्छ । एसियाली विकास बैंकको सहयोगमा मैनावगरको मुलुककै नमुना अटो भिलेज तुहाउने काम अरु कसैले हैन बुटवलवासीलेनै गरेका छन् । 
बुटवलको सुख्खानगर क्षेत्रमा एडिविको सहयोगमा वन्न थालेको डिप वोरिङ् खानेपानी आयोजना यसरीनै तुहाउने काम गरियो । फोहर प्रशोधन केन्द्र पनि राजनीतिक प्रतिशोधका कारण असफल भएको छ । जिल्लाभरीमा तथ्यांक संकलन गर्ने हो भने यस्तो सूचि धेरै लामो हुन सक्छ । विकासे आयोजनामा यस प्रकारका अवरोध यस अँघि पनि हुने गरेका थिए । शंकरगनरमा मेडिकल कलेज आयोजनाको कार्यालय उद्घाटन र बुटवल नारायणगढ सडक विस्तारको शिलान्यास कार्यक्रमलाई विथोल्नका लागि वन्दको घोषणा गरियो । आवरणमा वन्द जसले गरेपनि त्यसलाई सहयोग समर्थन गरेर आत्मतुष्ठि लिने काम प्रतिपक्ष मात्र हैन सत्तापक्षले पनि गरेका हुन सक्छन् । जितगढीमा अंग्रेजलाई परास्त गर्ने कर्णेल उजिर सिंहको शालिक अनावरण र झण्डोत्तलन गर्दा कालोझण्डा देखाएर असन्तुष्ठि प्रदर्शन गर्न लगाइयो । त्याँहा पक्राउ परेका युवालाई छुटाउन पाण्डेलेनै अगुवाई गरे भन्ने समाचार आयो । त्यसले के प्रश्न उठायो भने के नेपाली कांग्रेसले सारा विकासका काममा अवरोध मात्र सृजना गर्छ ? अर्थात् सिंगो कांग्रेस विकासविरोधी हुन थालेको हो ? मलाई लाग्छ यो पटक्कै हैन । एउटा परिपक्क पार्टीले त्यस्तो गर्नै सक्दैन ।
पर्चा काण्ड पछि मैले एकजना कांग्रेसप्रति समर्पित पेशाकर्मीसंग जिज्ञासा राखें– आखिर पाण्डेले किन यसो गरे ? उनको जवाफ थियो–नगरप्रमुखमा चुनाव हारेपछि विष्णु पौडेलकै कारणले हारें भन्ने परेको छ उनलाई । निश्चयनै यसमा सत्यता छ । यसको अर्थ उनले पौडेलको सहयोगमा चुनाव जित्न खोजेका हुन् ? राजनीतिमा के यस्तो सम्भावना हुन्छ ? हुँदैन । त्यसैले यो सव प्राकृतिक कुरा हो भनेर चित्त वुझाउनुभन्दा अरु विकल्प छैन पाण्डेसंग । यद्यपि चुनावको कुण्ठा पालेर असन्तुलित मनस्थिति वनेको हुन सक्छ उनको । यदि यसो हो भने यो मनोविज्ञानवाट टाढै रहनु उचित हुन्छ । विगतमा पाण्डेले सरल र सस्कारयुक्त पहिचान् वनाएका हुन् । उनको अटल निष्ठालाई सम्मान गर्नैपर्छ । उनले प्राप्त गरेको मतलाई पनि सम्मान गर्नैपर्छ । पराजित भएपनि उपमेयरको तुलनामा थोरै मतले पराजित भएकाले उनी लोकप्रिय थिए भन्ने संकेत पनि गर्छ । त्यसैले त्यो पहिचानलाई जोगाउने चुनौति छ उनीमाथि । यस्तै अराजनीतिक चरित्र प्रदर्शन गर्ने हो भने पहिचान गुम्न वेर लाग्दैन । एकजना मित्रको हैसियतले मेरो सुझाव यही हो । आगे जो इच्छा । भनिन्छ नि भिरवाट पल्टने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिदैन ।Source: ekhabarnepal

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top