ग्लोबल

गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन

चैत्र ३, 2075    बुटवल पोस्ट

भारत गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको छ । पाङक्रिएटिकको क्यान्सरबाट पीडित पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको हो ।

उनले अमेरिकाका साथै दिल्लीको एम्स र मुम्बईको एक निजी अस्पतालमा उपचार गरेका थिए ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले ट्वीट गर्दै पर्रिकरको निधन भएको जानकारी दिएका हुन् ।

मनोहर पर्रिकर मोदी सरकारमा भारतका रक्षामन्त्री भएका थिए । तर, रक्षामन्त्रीबाट राजीनाम दिएर १४ मार्च २०१७ मा चौथो पटक गोवाको मुख्यमन्त्री बने । यसअघि २००० देखि २००२, २००२ देखि २००५ र २०१२ देखि २०१४ सम्म उनी गोवाका मुख्यमन्त्री थिए ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top