प्रविधि

बुटवलमा फागुन ३ देखि क्यान इन्फोटेक मेला सञ्चालन हुने  

फागुन २, 2075    बुटवल पोस्ट

बुटवल । क्यान महासंघ रुपन्देहीको आयोजनामा आगामी फाुगन ३ गते शुक्रबारदेखि बुटवलमा स्टाटप्स वाइटेक क्यान इन्फोटेक २०१९ ईन एशोसिएशन विद प्रभु पे सञ्चालनको तयारी तिव्र रुपमा गरिएको छ ।

फाल्गुन ७ गतेसम्म चल्ने प्रदर्शनीको तयारीका बारेमा जनाकारी दिन बुटवल मण्डपमा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बौल्दै क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले मेलाको माध्यमबाट व्यावसायीहरुका माझमा नौलो प्रविधिको प्रदर्शन गरिने बताउनुभयो । वहाँले व्यापारिक सम्भावना बिस्तार गर्ने अवसरका रुपमा मेला आयोजना गर्न लागिएको बताउनुभएको थियो । 

मेलामा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा संचार प्रविधि सम्बन्धि कम्पनीका स्टलहरु रहने छन् । कम्प्युटर हार्डवेयर, मेन्टिनेन्स, पावर सोलुसन्स, मोवाईल एसेसरिज, डिलर र डिष्टिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनस, वैंक, आई सि टि कलेज, शैक्षिक परामर्स केन्द्र लगायतका १४० स्टलमा ९० भन्दा बढि कम्पनीको सहभागिता रहने जानकारी क्यान रुपन्देहीका अध्यक्ष श्रेष्ठले दिनुभएको हो । 

अत्याधुनिक सेक्युरिटी टेक्नोलोजी सहितका स्मार्ट घरहरु, नेपाली वैज्ञानिकले बनाएका रोवर्ट तथा ड्रोनको प्रदर्शनी साथै सफ्टवेयर र सेक्युरिटी सम्पन्धि प्रविधि मेलाको आकर्षणको रुपमा रहने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । 

मेलामा फाल्गुन ६ गतेलाई विजनेस डे को रुपमा घोषणा गरिएको छ । जुन दिन विजनेस हाउसहरुले बिभिन्न डिलर र भेन्डरहरुसंग प्रत्यक्ष विजनेस डिल गर्नेछन् ।

सर्वसाधारणका लागि ५० र बिद्यार्थीका लागि २० रुपैयाको प्रवेश टिकट लाग्ने मेलामा सरकारी बिद्यालयका बिद्याथी, जेष्ठ नागरिक, असाह्य र अपांगका लागि भने निशुल्क प्रवेशको ब्याबस्था मिलाइएको श्रेष्ठले बताउनुभएको हो । 
 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top